सप्तकोसीमा डुबेर तीनको मृत्यु
झापा/ सुनसरीको बहराक्षेत्र मन्दिरमा श्राद्ध गर्न गएका झापाका तीनजना सप्तकोसीमा डुबेर बेपत्ता भएका छन् । मातातीर्थ औँसीमा बहराक्षेत्र मन्दिरमा श्राद्ध गर्न पुगेका झापाका एकै परिवारका तीनजना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेहरूमा झापा शान्तिनगरका ४० वर्षीय रमेश बास्कोटा, ३५ वर्षीय गोपाल बास्कोटा र काँकडभिट्टाका ५५ वर्षीय ज्ञाननाथ बास्कोटा छन् । रमेश र गोपाल दाजुभाइ हुन् भने ज्ञाननाथ ठूलोबुबा हुन् ।
मन्दिरमा पूजा सकेर पिण्ड सेलाएपछि बत्ती सेलाउने क्रममा तीनैजनालाई कोसीले बगाएको अस्थायी प्रहरी पोस्ट बराहक्षेत्रले जानकारी दिएको छ । नदीमा बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
बत्ती सेलाउने क्रममा सुरुमा ठूलोबुबा ज्ञाननाथ नदीमा खसेका थिए । उनी कोसीमा खसेपछि बचाउन गएका रमेशलाई पनि ज्ञाननाथसँगै बगाएको थियो । ठूलोबुबा र दाजुलाई बचाउन नदीमा पसेका गोपाल पनि उनीहरूसँगै बेपत्ता भएको प्रहरीले बताएको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.