पछिल्ला सामग्री :
वातावरण दिवसमा दर्जनौँ कार्यक्रम

काठमाडौं/ प्रत्येक ५ जुनका दिन मनाइने विश्व वातावरण दिवसमा राजधानीलगायत मुलुकका विभिन्न क्षेत्रमा विभिन्न खाले कार्यक्रम भएका छन् । वातावरण दिवसका अवसरमा वातावरण मन्त्रालयले नेतृत्व गरेको विश्व वातावरण दिवस मूल समारोह समितिले प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गरेको थियो भने सहरी विकास मन्त्रालयले वसन्तपुरमा कार्यक्रम गरेको थियो ।

यसैगरी वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने दर्जन बढी संघसंस्थाहरूले पनि बुधबार वातावरण दिवसलाई विभिन्न कार्यक्रम र र्‍यालीको आयोजना गरी ‘महोत्सव’का रूपमा मनाए ।

एक दर्जनबढी संघसंस्थाले बुधबार मात्रै उपत्यकामा र्‍यालीको आयोजना गरेका थिए । अधिकांश र्‍याली र कार्यक्रममा स्कुले विद्यार्थी सहभागी गराइएका थिए । यस्तै विभिन्न विद्यालयहरूले आफ्नो विद्यालय क्षेत्र वरपर पनि सरसफाइ गरेका छन् ।

यस्तै वातावरण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, गृहमन्त्री माधव घिमिरे, वातावरणमन्त्री उमाकान्त झा, प्रहरीप्रमुख कुवेरसिंह राना, निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलगायतका उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी थिए ।

कार्यक्रममा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले मानव क्रियाकलापका कारण पृथ्वीको वातावरणीय अवस्था दिन प्रतिदिन असहज बन्दै गइरहेको भन्दै वातावरण र विकासको सन्तुलन कायम गर्नु सबैको महत्त्वपूर्ण आवश्यकता बनेको बताए ।

वातावरणीय असन्तुलनका कारण जलवायु परिवर्तनको अवस्था उत्पन्न भई हिउँ पग्लिने, हिमताल फुट्ने, हिम स्खलन तथा भूस्खलन हुने सम्भावना पनि उत्तिकै रहेको उनले बताए । रेग्मीले नेपालजस्ता पर्वतीय देशमा वातावरणीय असन्तुलनको नकारात्मक प्रभाव कृषि उत्पादन, आर्थिक वृद्धि तथा विकासका कार्यक्रममा समेत पर्न थालेको जनाए ।

कार्यक्रममा वातावरणमन्त्री उमाकान्त झाले पर्यावरण्ीय सन्तुलनका लागि मन्त्रालयले सुरु गरेका कार्यक्रमहरूलाई तीव्रताका साथ अघि बढाइने प्रतिबद्धता जनाए ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.