महिलाका लागि तीन महिने सिलाइकटाइ तालिम
काठमाडौं/ सेवा नेपाल र घरेलु तथा साना उद्योग विकास समितिको संयुक्त आयोजनामा तीन महिने सिलाइ तालिमको समापन भएको छ ।
तालिम १ बैसाख देखि सुरु भइ २७ असारसम्म सञ्चालन भएको थियो । घरेलु तथा साना उद्योग विकास समितिको महिला उद्यमी विकास कार्यक्रमअन्तर्गतको तालिम महिला सशक्तीकरण र आर्थिक उन्नतिका लागि ०५२ बाट सुरु भएको हो ।
तालिमबाट महिलाहरूलाई उद्यमी बन्न प्रोत्साहन मिल्ने र आयआर्जन गर्न मद्दत गर्ने गर्दछ । साउन १ गते भएको समापन कार्यक्रममा प्रमुख अतिथि घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक घनराज पन्तले उपस्थित प्रशिक्षार्थीको मिहिनेत र उत्साहको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा सेवा नेपालकी संस्थापक कल्याणी शाहले उपस्थित प्रशिक्षार्थीहरूको उक्त सीपमूलक कार्यक्रमले आत्मबल बढाउन र व्यवसाय गरी आर्थिक विकास गर्न ठूलो भूमिका खेल्न मद्दत गरेको बताउनुभयो । यस्तै विकासमुखी कार्यक्रमले समाजमा व्याप्त रहेको महिला हिंसालाई पनि कम गर्न निकै महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.