पछिल्ला सामग्री :
एचआइभी संक्रमित बालबालिकालाई एचडिएनपीको सहयोग (फोटो फिचरसहित)

काठमाडौं/ अमेरिकामा रहेको एचडिएनपीले राजधानीस्थित पुनर्बल प्लसमा रहेका २८ जना एचआइभी संक्रमित बालबालिकालाई सहयोग प्रदान गरेको छ ।

नेपालवाणी नेटवर्कको समन्वयनमा एचडिएनपीले बालबालिकाका लागि चामल र लत्ताकपडा सहयोग गरेको हो । पुर्नबल प्लसमा रहेका बालबालिकाहरूलाई खाना र कपडाको समस्या भएको विषयमा नेपालवाणी नेटवर्कले खोजीनीति गर्दा एचडिएनपी (हेल्प फर डिस्परेट एन्ड निडी पिपुल)सँग सम्पर्क भएपछि सहयोगको संयोग जुरेको एचडिएनपीका सल्लाहकार जनक रानाले बताउनुभयो ।

एचडिएनपी नामक संस्था गैरनाफामुखी विश्वव्यापी संस्था भएकाले आगामी दिनमा थप सहयोग प्रदान गर्ने रानाले प्रतिबद्धता जनाउनुभयो ।
अमेरिकामा रहेका नेपालीहरूले सञ्चालन गरेको एचडिएनपी नामक संस्थाले पिछडिएका मानिसलाई शिक्षा, आधारभूत स्वास्थ्य सेवालगायत क्षेत्रमा सहयोग गर्ने गर्छछ ।

एचआइभी संक्रमित बालबालिकाहरूलाई आश्रय दिँदै आएको पुनर्बल प्लसकी सचिव अप्सरा कार्कीले बालबालिकाहरूलाई खाना र खाजामा समस्या हुँदै आएको बताउनुभयो । उहाँले अरू पनि धेरै बालबालिका आफ्नो आश्रयमा आउन खोजे पनि पाल्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाहरूको महासंघकी महासचिव मिरा कुँवरले मुलुकभरमा एचआइभी संक्रमित बालबालिका झन्डै ४३ सय रहेको जानकारी दिनुभयो ।

IP

, , , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.