पछिल्ला सामग्री :
यातायात सुविधाको समस्यामा सोलु

शिखरजंग श्रेष्ठ, सोलुखुम्बु/ फाप्लु विमानस्थलको विकल्पका रूपमा सञ्चालित कांगेल विमानस्थल दुई महिनाका लागि बन्द भएको छ । यही १५ असारदेखि १५ भदौसम्मका लागि कांगेल विमानस्थलमा हुने सम्पूर्ण उडान बन्द गरिएका छन् । लगातार मौसममा आएको खराबीका कारण विमानस्थलमा नियमित उडान भर्न नसकेकाले दुई महिनाका लागि विमानस्थलका सम्पूर्ण उडान बन्द गरिएको हो । कांगेल विमानस्थल बन्द हुँदा हिमाली जिल्ला सोलुखुम्बुबाट राजधानीलगायतका स्थानमा जाने र आउने यात्रु थप मारमा परेका छन् ।

केही समयअगाडि मात्र सदरमुकाममा रहेको फाप्लु विमानस्थलको धावनमार्ग पक्की बनाउने कामका कारण बन्द भएको फाप्लु विमानस्थलको विकल्पका रूपमा कांगेल विमानस्थल सञ्चालनमा आएको थियो । मौसममा आउने खराबीका कारण कांगेल विमानस्थलमा पनि नियमित उडान हुन छाडेपछि यात्रु विमानस्थल पुग्दै फर्किदै गरिरहेका थिए ।

अहिले कांगेल विमानस्थल पनि बन्द हुँदा र सदरमुकामसम्म जोडिएको बाटो वर्षामा सुचारू हुन नसक्दा यहाँका जनता ठूलो समस्यामा परेका छन् । हवाइ मार्ग र सडक मार्ग दुवै भरपर्दो नहुँदा सोलुखुम्बुका बासिन्दाले सास्ती भोग्नुपरेको छ ।

सोलुखुम्बु, ओखलढुंगा हुँदै राजधानी जोड्ने सडक मार्ग कच्ची हुँदा सवारीसाधन निरन्तर चल्न सकिरहेको छैन् । वर्षाको समय भएकाले सडक मार्ग हिलाम्मे हुँदा एकातिर यात्रा जोखिम छ भने अर्कोतिर यातायात व्यवसायिले मनलाग्दी भाडा असुल्ने कामले यात्रु थप मारमा परेका छन् ।

यातायातको विकल्पका रूपमा रहेको हेलिकोप्टर पनि चार्टर गर्नुपर्ने बाध्यता र महँगो शुल्क तिर्दा पनि नियमित नभइदिँदा महत्त्वपूर्ण कामको सिलसिलामा जाने र बिरामी थप मारमा पर्ने गरेका छन् । यातायात सेवाकै असुविधाका कारण जटिल बिरामीहरू उपचार नपाएकै कारण मर्नुपर्ने बाध्यता सोलुखुम्बुमा रहेको छ ।
साभार : नेपालवाणीबाट
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.