पछिल्ला सामग्री :
असहाय वन्यजन्तु संरक्षणमा समस्या

राधेश्याम खतिवडा, चितवन/ चितवन राष्ट्रिय निकुञ्जलाई टुहुरा अनाथ र समस्या ग्रस्त वन्यजन्तुको संरक्षणमा समस्या परेको छ । बेसहारा वन्यजन्तुको व्यवस्थित व्यवस्थापन गर्नको लागि आवश्यक पर्ने भौतिक पूर्वाधार को अभावका कारण संरक्षणमा समस्या परेको हो । बेसहारा बनेर निकुञ्जको संरक्षणमा रहेका वन्यजन्तुहरू माउको अभाव र आवश्यक स्याहार सुसार गर्न नसकिएका कारण संरक्षणमा समस्या परेको निकुञ्जले जनाएको छ । बेसहारा बनेका वन्यजन्तुको उपचार र आहार खरिदको लागि आर्थिक अभाव हुने गरेको निुकञ्जका सहायक संरक्षण अधिकृत टिकाराम पौडेलले बताए । बेसहारा वन्यजन्तु राख्न कसरामा स्थापना गरिएको स्याहार केन्द्र सञ्चालन गर्नका लागि पछिल्लो समयमा समस्याहरू देखिएका छन् ।
टुहुरा अनाथ र समस्या ग्रस्त जंगली जनावरको व्यवस्थित व्यवस्थापन गर्नका लागि भौतिक पुर्वाधारको अभाव रहेको निकुञ्जका रेन्जर विष्णु थपलियाले बताए । टुहुरा अनाथ भन्दा पनि समस्या ग्रस्त वन्यजन्तुको संरक्षणमा समस्या भएको बताउदै थपलियाले भने, ‘उनीहरूको व्यवस्थापन गर्न औषधि उपचार र आहारको समस्या पर्ने गरेको छ ।” निकुञ्जमा वाघ र गैडा स्याहार गर्नका लागि दुई वटाको मात्र क्षमता रहेको रेन्जर थपलियाले जानकारी दिए । भौतिक पूर्वधारका कारण वन्यजन्तु थपिदा वित्तिकै बैकल्पिक उपाएको खोजि गर्नु पर्ने बताउदै थपलियाले पर्याप्त बजेट अभावको कारण थप समस्या परेकोले छुट्टै कोषको व्यवस्था हुनुपर्ने बताए । प्राकृतिक वासस्थान र पुनस्थापना केन्द्रको पनि व्यवस्था हुनु पर्ने संरक्षण कर्मीहरूले बताएका छन् । माउवाट छुट्टिएर निकुञ्जको सरणमा रहेका दुर्लभ पाटेवाघ र एक सिंगे गैंडाका वच्चाहरू स्याहार सुसारको अभालले मर्ने गरेका छन । निकुञ्जमा बेसहारा वन्यजन्तु राख्ने ठाउको पनि अभाव रहेको छ । जंगलमा रमाउने वन्यजन्तुहरूलाई मान्छेको निगरानीमा व्यवस्थापन गर्नु त्यती सजिलो छैन । माउवाट छुट्टिएका र ठुला जनावरको आक्रमणवाट घाईते भएका वन्यजन्तुलाई निकुञ्जले मुख्यालय कसरामा राखेर पाल्ने गरेको छ । अहिले सम्म निुकञ्जको व्यवस्थापनमा रहेका बेसहारा वन्यजन्तुहरू पछि प्राकृतिक वासस्थानमा छाडिएको आधिकारीक तथ्याङक छैन । तीन बर्ष अधि माउवाट छुट्टिएर बेसहारा बनेका दुईवटा गैंडाका बच्चाहरू पनि मरिसकेका छन । आवश्यक स्यारसुसार र प्रकृतिक वासस्थानको अभावले दूवै बच्च मरेका हुन । “बेसहारा वन्यजन्तुको संरक्षणको लागि निकुञ्जले प्रयत्न गरिरहेको छ” सहायक संरक्षण अधिकृत टिकाराम पौडेलले भने, ‘प्रकृतिक वासस्थानमा घुलमिलन हुन नपाउदा उनीहरूलाई असरपुग्ने र त्यसलाई बचाउन कठिन हुने रहेछ ।’ निुकञ्जले अहिले बेसहारा बनेका पाटेबाघ,एक सिंगे गैंडा,लाटोकोसेरो,गोठे लाटोकोसेरोका माउ र बच्चाहरूलाई व्यवस्थापन गर्दै आईरहेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने मेघौलीको सदावहार मध्यवर्ती सामुदायिक वनबाट मान्छे खान पल्कीएको एउटा वाघलाई २०६९ बैशाख १३ गते समातेर कसरा स्थित खोरमा राखि संरक्षण गरिएको छ । यसरी समस्यामा परेका वाघहरू निुकञ्जले २०६० देखियता ६ वटाको व्यवस्थापन गरेको छ । त्यसैगरी निकुञ्जको पश्चिम सेक्टर नवलपरासीको गोसाईवावा मध्यवर्ती उपभोक्ता समितिअन्र्तगत सुकराज टापुको पश्चिमतर्फको भागमा एक्लो अवस्थामा फेलापरेको गैंडाको भाले बच्चालाई २०६९ जेठ २८ गते उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको निकुञ्जले जनाएको छ । स्याहार केन्द्रमा राखिएका बाघहरू पछि चिडिया घर र प्राकृतिक बासस्थानमा छोडिएका छन् ।

नेपालवाणीबाट साभार
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.