पछिल्ला सामग्री :
१५ सयमा मिल्छ बोक्सीको मुद्दा

रोल्पा/ रोल्पामा एक दलित बालिकामाथि बोक्सीको आरोपमा कुटपिट भएको छ । तीन वर्षअघिदेखि अस्वस्थ रहँदै आएकी धवाङ–१ रोल्पाकी १६ वर्षीय संगीता सुनारमाथि कुटपिट भएको हो ।

उनकै आमा बाबु र सहोदर मामाले पछिल्लो चरणमा बोक्सीको आरोप लगाउँदै कुटपिट गरेपछि उनी प्रहरीको शरणमा आएकी हुन् । केही समयअघि भोने झाँक्री भनिने स्थानीय वीरबहादुर घर्तीले बोक्सीविद्या सिक्दै गरेको आरोप लगाएका थिए ।

यसैका आडमा आमा बाबुलगायत अन्य छिमेकीहरूले मानसिक तनाव दिने गरेको पीडितले बताइन् । आमाले मादक पदार्थ सेवन गरी पटक–पटक छोरीलाई मानसिक तनाव दिने गरेको पीडितको भनाइ छ ।

८ कक्षा उत्तीर्ण गरेकी यिनी बोक्सीको आरोपमा आरोपित हुन थालेपछि स्कुलसमेत छाडेको दु:खेसो पोखिन् । बुधबार जिल्ला प्रहरी कार्यालय रोल्पामा किटानी जाहेरी दिएपछि बिहीबार पीडकहरूलाई झिकाई महिला तथा बालबालिका कार्यालयका प्रमुख अनिता अधिकारी र महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष श्रीकुमारी रोकासमेतको रोहबरमा छलफल गरिएको हो ।

कुटपटिमा संलग्नमध्ये पीडितका मामा तिलकराम परियारले १५ सय औषधि उपचारका लागि क्षतिपूर्ति दिँदै घटनालाई मिलाइएको छ । आमाबाबुले पनि अबदेखि छोरीलाई पढाउने प्रतिबद्धता जनाए । जिल्ला प्रहरी कार्यालयले बोक्सीविद्या सिक्दै गरेको आरोप लगाउने झाँक्रीलाई कारबाही गर्ने जनाएको छ ।
 दिनेश दीपु सुवेदी
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.