बिहारमा भएको रेल दुर्घटनामा ३७ को मृत्यु
एजेन्सी/ भारतको बिहारमा रेलले किचेर ३७ जनाको मृत्यु भएको छ । स्थानीय मन्दिरमा मेला भर्न जाँदै गरेका भक्तजनहरूलाई रेलको लिक पार गर्ने क्रममा रेलले किचेर मृत्यु भएको हो ।
बिहारको खडगिया र सहरसा जिल्लाको सीमामा रहेको धमाराघाट रेल्वे स्टेसनमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय रेलबाट ओर्लिएर कात्यानीस्थित मन्दिर जाने क्रममा अर्काे लिक पार गर्दैगर्दा विपरीत दिशाबाट आइरहेको राज्यरानी एक्सप्रेसको रेलले किचेर उनीहरूको ज्यान गएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
घटनापछि आक्रोशित भएका मानिसले रेलका चालकलाई कुटपिट गरेका थिए भने रेलमा पनि तोडफोड गरेका थिए । त्यस्तै उनीहरूले दुईवटा रेलमा पनि आगजनी गरेका छन् । रेल आएको सूचना नदिएको र रेलको गतिमा पनि कमी नगरेको आक्रोशित स्थानीयले आरोप लगाएका छन् ।
बिहारका रेलमन्त्री अधिर रञ्जनले दुर्घटना स्थानीय प्रशासनकै लापरबाहीका कारण भएको बताएका छन् । अहिले त्यस क्षेत्रमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । यसैबीच बिहारका मुख्यमन्त्री नीतिश कुमारले घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.