बहुविवाह गर्ने प्रहरी हवल्दारलाई दुई वर्ष कैद
इलाम/ बहुविवाह गरेका जिल्ला प्रहरी कार्यालय इलामअन्तर्गत आइतबारे
प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारलाई जिल्ला अदालत इलामले दुई वर्ष
कैद सजाय सुनाएको छ ।
अदालतले २० हजार रुपैयाँ जरिवानासमेत तोकेको छ । जिल्ला प्रहरी कार्यालय इलाममा दरबन्दि रहे पनि आइतबारे प्रहरी चौकिमा कार्यरत प्रहरी हवल्दार हरेन्द्र बहादुर लिम्बूलाई अदालतले उक्त फैसला गरेको हो ।
लिम्बुले इलाम कन्याम-७ कि २३ वर्षीया सन्तोषी जवेगुलाई दोस्रो विवाह गरेपछि जेठि श्रीमती अनिसा लिम्बुले गत माघमा जिल्ला प्रहरी कार्यालयमा श्रीमान र कान्छी श्रीमतीविरुद्ध बहुविवाह गरेको अपराधमा मुद्दा दर्ता गराएकी थिइन् ।
यस्तै, अदालतले लिम्बूको कान्छी श्रीमती सन्तोषी जवेगुलाई पनि ११ महिना ९ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकेको छ । मुद्दा दर्ता गरे लगत्तै हवल्दार लिम्बुलाई पक्राउ गरि निलम्बन गरि प्रहरीले अनुसन्धान बढाएको थियो ।
अदालतको फैसलापश्चात प्रहरी हवल्दार लिम्बूलाई कानुनबमोजिम नोकरीबाट हटाउने प्रकृया अघि बढिसकेको प्रहरी नायब उपरीक्षक भीमबहादुर दहालले जानकारी दिनुभयो ।
- गणेश घिमिरे

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.