पछिल्ला सामग्री :
सात दिनका लागि फोटो खिचिक्क

काठमाडौं/ मतदाता नामावलीमा नामदर्ता गराउन निर्वाचन आयोगले थप गरेको एक साताको समय आजदेखि सुरु भएको छ ।

शनिबार सार्वजनिक छुट्टी भए पनि आयोगले धमाधम नाम दर्ता कार्य जारी राख्यो । गत असार मसान्तसम्म मात्रै समयसीमा तोकेर नामावली संकलन गरेको निर्वाचन आयोगले राजनीतिक दलहरूको दवावका कारण एक साताको समय थप गरेको हो ।

०७० साल असार मसान्तसम्म १८ वर्ष पूरा भएका नेपाली नागरिकले मतदाता नामावलीमा दर्ता हुन पाउने आयोगले प्रस्ट पारेको छ । देशका सबै जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराउन सकिने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो ।

अन्तिमपटकका लागि एक साताको समय थपिएकाले जिल्ला निर्वाचन कार्यालयमा अविलम्ब नाम दर्ता गराउन पनि आयोगले सबैसँग आग्रह गरेको छ ।

चुनावमा लाग्नुस : डा. महत

यसैबीच नेपाली कांग्रेसका नेता डा. रामशरण महतले तोकिएको मितिमै चुनाव हुनेमा शंका नगर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । विस्तारै चुनावको माहोल बन्दै गइरहेकाले चुनावका लागि तयारी तीव्र पार्न उहाँले कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

काठमाडौं क्षेत्र नम्बर–२ डाँछीमा कांग्रेसले गरेको क्षेत्रीय भेलामा उहाँले असन्तुष्ट दलहरूसँग वार्ता भइरहेकाले केही दिनमै निष्कर्ष निस्कने र चुनावको माहोल बन्ने बताउनुभयो । आगामी संविधानसभा चुनावबाट संविधान जारी गराउन नेपाली कांग्रेसको जित आवश्यक रहेको उहाँको भनाइ थियो । नेपाली कांग्रेसको जितले मात्रै लोकतन्त्रलाई सुरक्षित गर्ने उहाँले बताउनुभयो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.