सशस्त्र समूहबाट ८२ बालबालिका मुक्त
एजेन्सी/ कंगोमा एक सशस्त्र समूहले बन्धक बनाएका ८२ जना बालबालिकालाई संयुक्त राष्ट्रसंघले मुक्त बनाएको छ ।
उनीहरूको साथबाट अन्य केही युवालाई पनि मुक्त बनाइएको संयुक्त राष्ट्रसंघका एक अधिकारीले जनाएका छन् । सशस्त्र समूहले बन्धक पारेका ती बालबालिकाहरूलाई युद्धमा समावेश गर्न लागिएको राष्ट्रसंघका अधिकारीहरूको भनाइ छ ।
माई माई बकाटा नामक सशस्त्र समूहले ६ महिनाअघि १३ किशोरीसहित ती बालबालिकालाई आफ्नो समूहमा लगेको थियो । उक्त समूहको कंगोको कटांगा प्रान्तमा क्रियाशील रहेको राष्ट्रसंघले जनाएको छ । ती बालबालिकालाई परिवारको जिम्मा लगाइएको राष्ट्रसंघका एक उच्च अधिकारी मार्टिन कोब्लेरले बताएका छन् ।
यसका साथै उनले सशस्त्र समूहले फेरि ती बालबालिकालाई फिर्ता नलैजानेसमेत बताएका छन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.