पछिल्ला सामग्री :
यस्तो भो ३३ दलको निर्णय, बन्द भने फिर्ता

काठमाडौं/ निर्वाचनमा प्रत्यक्ष उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति निर्वाचन आयोगले हेरफेर गरेपछि नेकपा–माओवादी नेतृत्वको मोर्चाले असोज ९ र १० गतेका लागि घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ ।

आज बुद्धनगरमा बसेको मोर्चाको बैठकले पूर्वघोषित बन्द फिर्ता लिने निर्णय गरेको हो । निर्वाचन आयोगको पूर्वतालिकाअनुसार प्रत्यक्ष उम्मेदवारको मनोनयन दर्ता गर्ने दिनलाई लक्षित गरी मोर्चाले असोज ९ र १० गते बन्द आह्वान गरेको थियो ।

उच्चस्तरीय राजनीतिक समिति र सरकारको आग्रहमा निर्वाचन आयोगले कार्यतालिका एक सातापछि सारेपछि मोर्चाले बन्द फिर्ता लिएको बुझिएको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.