राष्ट्रिय आन्दोलन उठान हुन्छः गुरुङ
काठमाडौ/ नेकपा–माओवादीका सचिव देव गुरुङले लेन्डुप दोर्जे चयन गर्ने प्रक्रिया देशभक्त नेपालीहरुले स्वीकार्न नसक्ने दावी गरेका छन् । संवाद डवलीमा नवजनवादी मोर्चाद्धारा आयोजित अन्तरक्रियामा उनले सो दावी गरेका हुन् ।
‘नेपाललाई स्वर्गै बनाउछु भनेपनि हावादारी हो’ उनले आसन्न संविधानसभामा संसदवादी दलहरुले चुनावी मैदानमा रहेका बेला टिप्पणी गर्दै अगाडि भने, ‘यसैले अब निर्वाचन रोक्न मात्र होइन, राष्ट्रिय आन्दोलन उठान हुनेछ ।’ उनले सोको लागि राष्ट्रिय राजनीतिक पार्टीहरुले समय छँदै विचार गरुन् नत्र राम राम भन्ने अवस्था आउने पनि जिकिर गरे । सचिव देव गुरुङले भने, ‘नेपाल र नेपाली जनताको आवश्यकताभन्दा बाह्य शक्ति केन्द्रको आवश्यकतामा निर्वाचन, नीति र नेतृत्व छनौट हुँदैछ ।’ उनको विचारमा यस्तो प्रक्रियाबाट चुनिएको नेतृत्वबाट संविधान बनेपनि नेपालको लागि औचित्यपूर्ण छैन ।
नव जनवादी मोर्चाका अध्यक्ष मैया कुमारी राईले नेपाली जनताले सत्ताले लादेको चुनाव स्वीकार गर्ने अवस्थामा नरहेको बताइन् । उनले भनिन्, ‘राज्यको ढुकुटी रित्याएर गरिने चुनावले राष्ट्रमा निकास दिने वाला छैन ।’ उनले आफ्नो पार्टीका केही अवसरवादीहरु नक्कली पद सिर्जना गरेर अरु पार्टीमा प्रवेश गरेको प्रचारको कुनै तुक नभउको पनि जानकारी दिइन् । उनले भनिन्, ‘रामराजाप्रसाद सिंहको अधुरा सपना पुरा गर्न हामी निरन्तर क्रियाशील छौ ।’

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.