चार दल असफल भईसके : किरण
काठमाडौ/ नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेपालका संसदवादी
पार्टीहरु हुतिहारा पार्टी भएको बताएका छन्. । उनले तिनका नौटकीले गर्दा देशमा द्धन्द्ध निम्त्याउन खोजिएको दावी गर्दै भने, ‘यसले गर्दा जनता आक्रोशित भएका छन् ।’
नेपालमा राष्ट्रियताको सवाल प्रमुख बनेर आएको र वैदेशिक प्रतिक्रियावादले आफ्नो दलला एजेण्ट मार्फत आफ्नो हितको सुरक्षा गर्ने काम उत्कर्षमा पुगेको बताउँदै उनले नेकपा–माओवादीका केन्द्रिय सदस्य अनिल शर्मा विरहीद्धारा लिखित ‘राष्ट्रियता र राप्ती दुन’ पुस्तकको सार्वजनिक गरे । उनले अगाडि भने, ‘यो चितवनको राप्ती दुनले देशलाई सचेत र सजग पार्ने काम गरेको छ ।’
जबसम्म यस्ता तत्वहरु सत्तामा रहेसम्म नेपाल मुक्त हुन नसक्ने दावी
गर्र्दै उनले भने, ‘अहिले निर्दलिय सरकार बनाउने काम यस्तै तत्वहरको काम
हो ।’ यस कार्यले नेपाल सिक्किमीकरणतर्फ गएको दावी गर्दै तर्क गरे,
‘यसैले हामीले चुनाव बहिस्कार गर्नुको अर्थ ऐतिहासिक महत्व बोकेको छ ।’
उनले आसन्न चुनावको सक्रीय र सशक्त रुपमा बहिस्कार गर्ने बताए । उनले
आफुहरु जनताको विचमा गएर आफ्नो विचार राखी सकेको दावी गर्दै भने, ‘हामी
भूमिगत हुँदैनौ । सेना वा पुलिससँग लड्दैनौ ।’ उनले यतिबेला पार्टीले
कसैको हतियार नखोस्ने पनि जानकारी दिए । ‘यो सब अफवाह हो’ उनले भने ।
आफ्नो पार्टी विरुद्ध विषवमन गर्न खोजिएको गर्न खोजिएकोमा आपत्ति जनाउँदै
अध्यक्ष किरणले भने, ‘हामी साम्राज्यवाद र विस्तारवादका भरौटेहरुको सामु
कुनै हालतमा झुक्दैनौ ।’
उनले एमाओवादीका अध्यक्ष प्रचण्ड विरुद्ध आन्दोलन केन्द्रित भएको भन्ने
प्रसंगमा उनले भने, ‘यो स्वभाविक आक्रोस हो, यो साँचो हो कि हाम्रो
विरुद्ध उहाा बढी केन्द्रित हुनुभएकै हो ।’ उनले आफुहरको चुनाव बहिस्कार
सान्दार रुपमा सफल भएको बताए । अध्यक्ष किरणले भने, ‘हामी नीति र
सिद्धानतमा सफल भई सक्यौ, चार दल असफल भई सकेका छन् ।’
संविधानको कुरा दोस्रो प्राथमिकताको सवाल भएको बताउदै उनले भने, ‘यही
प्रक्रियाले १,२,३ कुनै पनि हालतमा संविधान बन्दैन ।’ रगतको मुल्य जनताको
संविधानमा अभिब्यक्त हन नसकेको दावी गर्दै गोलमेच सभा र संविधानको
अन्तरबस्तुको विषयमा छलफल गर्न पनि नदिइएकाले आफुहरुले मात्र नभई आम
जनताले यो निर्वाचनको विपक्षमा रहेको बताए । उनले नेपालमा तीन समस्या
रहेको र त्यसमा वाहुनवाद, साम्राज्यवाद र स्थानीय जातीय अहँकारवाद रहेको
बताए । अध्यक्ष किरणले भने, ‘यसका विरुद्ध कम्युनिष्टहरु एकताबद्ध रपमा
जानु पर्दछ ।’
नेकपा एमालेका नेता प्रदीप नेपालले नेपाल झण्डै उपनिवेशमा रहेको अवस्था
रहेको बताए । उनले भने, ‘यो र अरु केही किताव पढ्दा यस्तै अनुभूति हुन्छ
।’ भारतले सयौ चोक्टा चोक्टा बनाएर नेपाल निल्न थालेको बताउँदै उनले
राष्ट्रियताको सन्दर्भमा भने, ‘युद्ध र ठुला कुराबाट होइन, निरन्तर बिरोध
गरी जित्न सक्छौ ।’
‘सिद्धान्त मरेको देश नेपाल भएको छ, यस्तो देशमा राजनीतिभन्दा साहित्यका
क्षेत्रबाट जनता जगाउने काम हुन सक्छ’ उनले भने, ‘यो पुस्ताले नबुझे पनि
अर्को पुस्ताले यो जानकारी पाएर लड्ने छन् ।’ उनको विचारमा ग्रेटर नेपाल
नेपालको नमेटिने सीमा रेखा हो । पञ्चायतकालमा संजय थापाको नाममा परिचित
साहित्यकार प्रदीप नेपालले राजनैतिक शिक्षा नदिई गरिने राजनीतिले दिशा
निर्देशन गर्दो रहेनछ भन्ने अनुभूत गरेको पनि चर्चा गरे ।
वरिष्ठ माक्र्सवादी साहित्यकार डा.ऋषिराज बरालेले कहिले जनतन्त्र, कहिले
राष्ट्रियता र कहिले आफैभित्र लड्दै आएको रचनाको समग्रपन प्रस्तुत भएको
बताए । ‘जीवनमा वैधानिक मोर्चाका अनुभव यसमा छन्’ उनले भने, ‘हरियो
घाँसभित्र रहेका सत्रुहरुसँग लड्नुको पीडा पनि यसमा छन् ।’
उनले चितवनलाई विभिन्न कोणबाट विभाजन गर्न खोजेको प्रसंगमा लेखकले बहस
चलाउन चाहेको पनि जानकारी दिए । लेखकले प्रचण्डबाट उम्के पनि आफ्नै
दलभित्र रहेका केही अवसरवादीको कंठालो समात्ने ब्यङ्ग्य गरेको चर्चा पनि
डा. बरालले गरे ।
डा. बरालले आफुहरुलाईै दमन गर्ने गरी उत्तेजना बढाइरहेकालाई चुनौती दिदै
भने, ‘हाम्रो अध्यक्ष, सल्लाहकार र केन्द्रिय नेता यही हुँदा पनि यस्तो
प्रायोजित रुपमा किन उत्तेजना बढाई रहेका छन् भन्ने कुरा सबैले बुझ्न
जरुरी छ ।’
लेखक अनिल शर्मा विरहीले आफुहरु भारतको जेलबाट छुट्दा लेखेको पुस्तक कँही
पनि चर्चा नभएको र यही पुस्तकको कारण धेरै मान्छेहरुले सम्पर्क गर्न पनि
डराएको अनुभूति सुनाए । उनले भने, ‘यो पुस्तकले नेपालको वास्तविक
राजनीति, संघीयता, चितवनलाई विभाजन पार्ने हरेक षड्यन्त्रका विरुद्धमा
लेखेको छु ।’ उनका विचारमा नेपालको राष्ट्रियता हामीले सोचेभन्दा धेरै
कमजोर रहेछ ।
सीमा विद बुद्धिनारायण श्रेष्ठ, साहित्यकार मात्रिका पोखरेलको पनि सहभागी
रहेका थिए । सामना परिवारका संयोजक झंकार बुढाले ‘म त हजुर वीर नेपाली’
भन्ने गीत सुनाएका थिए भने पत्रकार अशोक सुवेदीले पनि लेखकको बारेमा
चर्चा गरेका थिए ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.