गुडिरहेको गाडीमा ढुंगा प्रहार
संखुवासभा/ खाँदबारी–४ लोकेपाङमा र शीतलपाटी–१ को सिमानामा पर्ने ढाडेभीरमा अज्ञात समूहले गुडिरहेको गाडीमाथि ढुंगा प्रहार गरेको छ ।
बुधबार बिहान करिब ९ बजे मानेभन्ज्याङ काउन्टरबाट चन्दनपुरका लागि छुटेको बसमा ढुंगा प्रहार भएको छ । बस सवारीधनी पदम कटवाल आफैँले चलाएका थिए । उनले भने, ‘ढाडेभीर जंगलछेउमा पुग्दा बाटोमाथिबाट ढुंगा प्रहार भयो । तर, कसले ढुंगा हान्यो भन्ने थाहा भएन ।’
ढुंगा प्रहारबाट गाडीको अगाडीको भागमा क्षति पुगेको संखुवासभाका प्रहरी निरीक्षक यमनाथ अधिकारीले बताए । चुनाब बहिष्कार र बन्दको आह्वान गरिरहेकाले नेकपा–माओवादीका कार्यकर्ताले ढुंगा हानेको हुनसक्ने प्रहरीको भनाइ छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.