पछिल्ला सामग्री :
पोस्टर टाँस्न बालबालिका प्रयोग, दिनभरको ज्याला १० रुपैयाँ

बर्दिया/ राजनीतिक दलहरूले आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गरेका छन् । उनीहरूले दिनभर आफ्नो पार्टीको पोस्टर टाँसेबापत दिनभरको ज्याला भने १० रुपैयाँ तोकेका छन् ।

बर्दिया सदरमुकामनजिकैको गाउँमा फोरम लोकतान्त्रिकले बालबालिकालाई पैसा दिएर नै पोस्टर टाँस्न लगाएको हो । अरू बालबालिका विद्यालय गइरहेका वेला गुलरिया नगरपालिका–६ बालापुरका ६ देखि ९ वर्ष उमेरका आठ बालबालिकालाई फोरम लोकतान्त्रिकले एकमुष्ठ ८० रुपैयाँ दिएर पोस्टर टाँस्ने काममा लगाएको हो ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविपरीत सो पार्टीका स्थानीय कार्यकर्ता ठाकुर थारूले गाउँका बालबालिकालाई पैसा दिएर चुनाव चिह्नसहितको पोस्टर गाउँभरि टाँस्न लगाएका हुन् । पोस्टर टाँस्न संलग्नमध्ये एक बालकले भने, ‘फोरम लोकतान्त्रिकका ठाकुर थारूले ८० रुपैयाँ दिएर पोस्टर टाँस्न लगाएका हुन् । पोस्टर टाँसिसकेर पैसा भाग लगाउने हो ।’

निर्वाचन आचारसंहिता २०७० को बुँदा नम्बर ३२ मा बालबालिकालाई आमसभा, बैठक वा भेलामा सहभागी गराउन तथा चुनावी प्रचारप्रसार र अन्य निर्वाचनसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न गराउन नहुने उल्लेख छ । यसतर्फ राजनीतिक दललाई नियन्त्रण वा नियमन गर्ने निकाय भने मौन रहेका छन् । नेपालको अन्तरिम संविधान ०६३, बालअधिकारसम्बन्धी महासन्धि १९८९, बालबालिकासम्बन्धी ऐन ०४८ बालश्रम (नियमन र निषेध गर्ने) ऐन ०५६ लगायतका ऐनमा समेत कुनै पनि राजनीतिक क्रियाकलापका लागि बालबालिकाको प्रयोग गर्न नपाइने व्यवस्था छ ।
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.