पछिल्ला सामग्री :
पोलो खेलमा सहभागी भै अमेरिका फिर्ता (फोटो फिचरसहित)

विजय थापा ,भर्जिनिया / ,अमेरिकाको डिसी महानगर क्षेत्रमा भर्खरै स्थापना भएको नेपाल स्पोर्ट्स एण्ड कल्चर इनटरनेसनल (नेपाल खेलकूद तथा संस्कृति अन्तर्राष्ट्रिय )कि कोषाधक्ष्य केमिका भण्डारी हालसालै बर्दियामा सम्पन्न हात्ती पोलो खेलमा सहभागी भै उनको कर्मथलो अमेरिका फिर्ता भएकी छिन l





जम्मा ८ वटा समुहले भाग लिएको उक्त हात्ती पोलो खेलमा केमिका भण्डारी सहभागी भएको खेल समुह दोश्रो स्थान प्राप्त गर्न सफल भएको छ l अहिले सम्म कै पोलो खेलमा पहिलो पटक महिला सहभागिता भएकोमा खुशी व्यक्त गर्दै नेपाली खेल समुह नै नभएकोले उनीले श्री लंकाको समुहबाट प्रतिनिधित्व गर्दै खेलेकी थिइन् l उनको समुहबाट खेल्नेमा उक्त पोलो आयोजना गर्ने मुख्य ब्यक्ति पनि सोहि समुहबाट खेलेका थिए l उक्त पोलो खेलमा प्रथम स्थान स्विटज़रल्याण्ड समुह प्रथम भएको थियो l नेपालको लागि अमेरिकन राजदूत पिटर बोडेले पुरस्कार वितरण गर्नु भएको थियो l
केहि समय अगाडी औपचारिक रुपमा स्थापना भएको घोषणाको साथै पोलो खेलमा संस्थाको तर्फबाट अमेरिकाबाट आफ्नै खर्चमा भण्डारीलाई सहभागी हुन जाने घोषणा गरिएको थियो l  उनीलाई अमेरिकाका लागि नेपाली राजदूत शंकर प्रसाद शर्मा(बिद्या वारिधि )ले नेपाल र अमेरिकाको झन्डा सहित खादा ओढाई शुभकामना दिएका थिए l नेपाल खेलकूद तथा संस्कृति अन्तर्राष्ट्रिय नामक नव स्थापित गैर मुनाफा संस्थाको समुद्घाटन कार्यक्रममा संस्थाको भावी योजनाको घोषणा समेत सो संस्थाकी अधक्ष्य सिता पाण्डेले गराएकी थिइन् l 
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.