सहकारी व्यवसायबाट सुन्दर समाजको निर्माण
विजय राई, धनकुटा/ आर्थिक विकासको प्रमुख आधार सहकारीलाई बनाउनुपर्ने धनकुटामा आयोजित एक कार्यक्रमका सहकारीकर्मीहरूले बताएका छन् ।
राष्टिय सहकारी संघ र जिल्ला सहकारी संघ धनकुटाको संयुक्त आयोजनामा संचालन गरिएको पाँच दिने सहकारी लेखा व्यवस्थापन तालिमको शुक्रबार भएको समापन कार्यक्रममा सहकारीकर्मीहरूले यस्तो बताएका हुन् ।
राष्टिय सहकारी संघ काठमाण्डौका प्रवन्धक बलदेव पौडेल,अधिवक्ता तेजनारायण सिंह राई,नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव एवं पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राई लगायतले सहकारी व्यावसायबाट सुन्दर समाजको निर्माण गर्न सहकारी आन्दोलनलाई वस्ती वस्तीमा पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष राजेन्द्र वहादुर वस्नेत,कोषाध्यक्ष सावित्रि श्रेष्ठ, लेखा समितिका संयोजक रोम बाजिम्पा,सहभागीहरूको तर्फबाट तारा मिश्र,सरस्वती श्रेष्ठले तालिममका सिकेका शिपलाई व्यवहारमा प्रयोग गरी सुन्दर समाज निर्माण गर्न सहकारी आन्दोलनलाई सशक्त बनाउनु पर्ने विचार व्यक्त गर्नु भयो ।
धनकुटा नगरपालिका र विभिन्न गाविसहरूमा संचाचित सहकारी संस्थाहरूका २५ जना सहकारीकर्मीहरूले भाग लिएको उक्त सहकारी लेखा तालिममा प्रशिक्षक बलदेव पौडेल,जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठ,जायिका नेपालका वरिष्ठ स्वयमसेवक तथा प्रशिक्षक ताकिया सेकिया सहकारी लेखा व्यवस्थापन सम्वन्धि प्रशिक्षण दिनु भएको थियो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.