पछिल्ला सामग्री :
पत्रकार पाल्पालीको उपचारमा सरकारले दियो पाँच लाख

लामो समयदेखि देखि दुवै मिर्गौला खराब भएर थलिएका पत्रकार बिके पाल्पालीको उपचारार्थ सरकारले पाँच लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ।
 
मन्त्रिपरिषद्को बिहीबारको बैठकले पाल्पालीलाई सहयोग गर्ने निर्णय गरेको हो। सहयोगका लागि उनकी पत्नी रेनुका भट्टराईले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएकी थिइन्। मन्त्रिपरिषद् अध्यक्षका प्रेस संयोजक राजेन्द्र पाण्डेले सहयोगका लागि पहल थिए। पाल्पालीलाई उपचारार्थ अब छिट्टै भारत लगिने भएको छ।
 
नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालले पाल्पालीको बचाउका लागि अभियान संचालन गरिरहेका छन्। स्वदेश तथा विदेशबाट पाल्पालीको उपचारार्थ सहयोग आउने क्रम जारी छ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.