पोखरामा प्रशंसनीय खोज पद्धतिको प्रथम राष्ट्रिय सम्मेलन
पोखरा/ परिकल्पना नेपालको आयोजनामा प्रशंसनीय खोज प्रथम राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । यही पोष २४ देखि २६ गतेसम्म उक्त सम्मेलन हुने सम्मेलन संयोजक राधाकृष्ण लामिछानेले बुधबार पोखरामा पत्रकार सम्मेलनको अयोजना गरि जानकारी दिएका हुन् । संयोजक लामिछानेले सम्मेलनले नेपालमा प्रशंसनीय खोजको सस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
विश्वका विभिन्न कुनामा भएका सकारात्मक पक्षको अध्ययन, अनुसन्धान र प्रयोगको अनुभव र ज्ञानलाई आदान(प्रदान गरी सकारात्मक परिवर्तनको लहर सिर्जना गर्ने उद्देश्यले अयोजना गरिएको उक्त सम्मेलनमा देश विदेशका करीब २ सय जना सहभागी रहने लामिछानेले जानकरी दिए ।
सम्मेलनमा सकारात्मक परिवर्तनमा योगदान पुर्याएका सकारात्मक ज्ञानमा आधारित कार्यपत्रहरू र पोष्टरहरू प्रस्तुत हुने परिकल्पना नेपालका अध्यक्ष रामचन्द्र लामिछानेले जानकारी दिए । प्रशंसनीय खोज एउटा यस्तो सिद्धान्त र चिन्तन हो जसले हाम्रो सोचाई, चिन्तन र कार्य गराईलाई सकारात्मक पाटोबाट सोच्न एवं सकारात्मक रुपान्तरणको दिशातर्फ उन्मुख हुन उत्प्रेरित गर्ने अध्यक्ष लामिछानेले बताए ।
सम्मेलनमा सहभागि हुन नेपालीले व्यक्तिगत ७ हजार ५ सय रुपैया रकम प्रवेश शुल्क लाग्ने परिकल्पना नेपालका कार्यकारी सदस्य जिवन रेग्मीले जनकारी दिए । सदस्य रेग्मीले संस्थागत तवरबाट सम्मेलनमा भाग लिन १५ हजार रुपैया लाग्ने र विदेशी नागरीकले भने २ सय डलर तिर्नु पर्ने समेत जानकारी दिए ।
सकारात्मक रुपान्तरणको लागि सवल पक्षहरूको शोधखोज एवं अध्ययनमा आधारित यस दर्शनलाई सन् १९८० को दशकमा प्राध्यापक डेविड कुपराइडरले विकास गरेका हुन् । तत्पश्चात विश्वका विभिन्न अध्ययन संस्था एवं क्षेत्रहरूमाँसकारात्मक ज्ञान” को अध्ययन, अनुसन्धान, शोधखोज एवं प्रयोग भइरहेको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.