पछिल्ला सामग्री :
जन्मदिन बालबालिकासँग (तस्वीरसहित)

नेपालगन्ज/ धेरैले आफ्नो जन्मदिनमा रेष्टुरेन्टमा, घरमा भोज, भतेर र पार्टी गरेर बिताउँछन् तर नेपालगञ्जकी रेडियोकर्मी शकुन्तला शाहले परोपकारी काम गरेर आफ्नो बिसौं जन्मदिन मनाएकि छिन् ।

बाँकेको खासकाँरकाँदौ स्थित समाज बिकास तथा प्रबद्र्धन केन्द्रद्धारा सञ्चालित बाल गृहमा आश्रित ६ जना बालबालिकासँग उनले आफ्नो जन्म दिन मनाएकि हुन् । बालबालिकालाई शकुन्तलाले एक/एक दर्जन स्टेशनरी बितरण गरि जन्मदिन मनाएको बताईन् । फजुल खर्च बचाएर जन्मदिन बालबालिकासँग मनाएको उनले बताईन् ।

जन्मदिनको अवसर पारेर शाहले गरेको सहयोग अर्थपूर्ण रहेको सो सँस्थाका अध्यक्ष मिन अर्यालले बताए । सहयोग प्राप्त गरेपछि सो बालगृहमा आश्रित सृजना रोकायले आफुहरु खुसी भएको बताईन् ।

सो बाल गृहमा १२ बर्षिय जुम्लाका धनु प्रसाद धिताल, ७ बर्षिया तारा धिताल, १३ बर्षिया बाँकेकी सृजना रोकाय, ११ बर्षिया डोटीकी हारा आउजी, ८ बर्षिय रोशन आउजी, ११ बर्षिया बाँकेकी मुना खत्रि आश्रित छन् । उनीहरु क्रमश : कक्षा ४, ३, ६, ३ र ६ मा अध्ययनरत छन् । उनीहरु सरकारी विद्यालयमा अध्ययन गर्दछन् ।


IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.