मुख्यसचिवको टोली पोखराको चचहुइ फनपार्कमा (फोटोफिचर)
कास्की/ नेपाल सरकारका मुख्य सचिव लिलामणी
पौडेलले बालबालिकाहरुका लागि लक्षित गरि पोखरामा निर्माण गरि सञ्चालनमा ल्याइएको
चचहुई फनपार्क तथा रिसोर्टको आज अवलोकन भ्रमण गर्नुभएको छ। पोखरा भ्रमणमा आउनु
भएका मुख्य सचिव पौडेल सहितका टोलीले फनपार्कमा बालाबालिकाहरुको मनोरञ्जनका लागि
तयार गरिएको बिभिन्न खेल सामग्री तथा रिसोर्टको अभिरुचीपूर्वक अवलोकन गर्नुभएको
थियो।
त्यसक्रममा मुख्यसचिव पौडेलसहितको टोलीले
फनपार्कमा रहेको वयस्कहरुले समेत खेल्न मिल्ने स्विङ चेयरमा खेलेर रमाइलो गरेको
थियो। स्विङ चेयर खेलेपछि मुख्य सचिव पौडेलले फनपार्क तथा रिसोर्ट आफूलाई मन परेको
टिप्पणी गर्नुभयो। उहाँले रिसोर्टको कोठाहरु पनि हेर्नुभएको थियो। चचहुई फनपार्कको
बारेमा सुनेर घुम्न आएको बताउनुभएका मुख्य सचिव पौडेलले फनपार्क र रिसोर्टमा लगानी
गरेर पर्यटन क्षेत्रमा योगदान गरेकोमा लगानीकर्ताहरुलाई धन्यवाद समेत दिनुभएको
फनपार्की सञ्चालिका प्रतिक्षा क्षेत्रीले जानकारी दिनुभयो। उहाँले फनपार्क तथा
रिसोर्टको गुणस्तर राम्रो रहेकोमा प्रशंसा गर्दै यसलाई कायम राख्न सुझाव समेत
दिनुभयो।
मुख्य सचिव
पौडेलसँग कास्कीका प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइराला, स्थानिय बिकास अधिकारी इश्वर पौडेल लगायत
कर्मचारी तथा सुरक्षा अधिकारीहरु फनपार्कमा आउनुभएको थियो। पोखराको घारीपाटनमा
करिव दुई बर्षदेखि चचहुई फनपार्क सञ्चालनमा रहेको छ भने हालै मात्र यसमा रिसोर्ट
समेत थपेर सञ्चालनमा आएको छ। १५ कोठाको रिसोर्टको केहि समयअघीदेखि सञ्चालनमा आएको
रिसोर्टका प्रवन्ध निर्देशक दिनेश प्रसाईले बताउनुभयो।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.