पछिल्ला सामग्री :
दलितका मुद्दा ओझेलमा

काठमाडौं/ नेपालका सञ्चारमाध्यमहरुले सामाजिक उत्तरदायित्वभन्दा व्यवसायिकतालाई प्राथमिकता दिँदा दलित समुदायका मुद्दाहरु ओझेलमा परेको कार्यक्रमका सहभागीहरुले बताएका छन् दलितका समस्यालाई सामान्यीकरण गरेर सोँच्ने प्रवृत्तिले गर्दा पनि यो समुदायका खास मुद्दाहरुले अझै पनि सञ्चारमाध्यममा आवश्यक स्थान पाउन नसकेको उनीहरुले बताएका हुन्
जागरण मिडिया सेन्टरले आज राजधानीमा आयोजना गरेकोसञ्चार माध्यम : संविधान निर्माण दलित अधिकारविषयक अन्तरक्रियाका सहभागीहरुले नेपालको सञ्चारमाध्यमले दलितको मुद्दालाई उजागर गरिरहेको भएपनि त्यो निक्कै कम भएकोमा जोड दिएका हुन्

पूर्व सभासद विनोद पहाडीले अघिल्लो संविधान सभाको अनुभव बताउँदै दलित सभासदको रचनात्मक कामलाई मिडियाले बेवास्ता गरेको आरोप लगाउनुभयो ५० जना दलित सभासद हुँदा दलित समुदायलाई केके उपलब्धी भयो भनेर कुनै मिडियाले समाचार बनाएनन्उहाँले भन्नुभयो, “तर दलित सभासद विश्वेन्द्र पासवानले कुर्ची फालेको कुरा चाहीँ प्रमुख समाचार बनाइयो

नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईँले सञ्चारमाध्यमहरुमा सामाजिक उत्तरदायित्वको प्रकृति भएपनि व्यवसायिक चरित्र बोकेका कारण सामाजिक उत्तरदायित्वलाई वृद्धि गर्न नसकेको बताउनुभयो समुदायका नाममा व्यवसायिक काम गर्ने सञ्चारमाध्यमहरुकै कारण सामाजिक विषयहरु छुटिरहेको उहाँको भनाई थियो

यसैगरि अन्नपूर्ण पोष्टका सम्पादक गुणराज लुइँटेलले दलित समुदायका मुद्दा स्थापित गराउन नेपाली सञ्चारमाध्यमले धेरै काम गरेको भएपनि त्यो अझै अपुग रहेको विचार राख्नुभयो साथै अब सञ्चारमाध्यमहरुले दलितको विषयमा सक्रिय भूमिका खेल्नुपर्ने औँल्याउनुभयो

दलित अधिकारकर्मी एवम् समता फाउण्डेशनका अध्यक्ष पदम सुन्दास्ले अघिल्लो संविधान सभाले दलितका मुद्दामा सहमति जुटाएका कुरालाई यो संविधान सभाले स्वामित्व लिए धेरै उपलब्धी हुने भन्दै सो कामका लागि राजनीतिक दलहरुलाई दबाब दिन सञ्चारमाध्यमले महत्वपूण भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो

यस्तै कान्तिपुर दैनिकका गोपाल खनालले कर्पोरेट मिडिया हाउसहरुमा दलित समुदायका व्यक्तिहरु डेलिगेसन गएर दलितका मुद्दालाई सो सञ्चारमाध्यमले कति स्थान दिएको भनेर प्रश्न गर्नुपर्ने सुझाव दिनुभयो

नेपाल टेलिभिजनका आरती चटौतले नेपाली सञ्चारमाध्यमले दलितका मुद्दालाई प्राथमिकता नदिएको बताउनुभयो मिडियाले राजनीतिलाई मात्रै प्राथमिकता दिइरहँदा दलितका मुद्दा ओझेलमा परेको उहाँको भनाई थियो  

जे.वि.विश्वकर्माले सञ्चारमाध्यममा प्रकाशनप्रसारण भएका दलित समुदायसँग सम्बन्धित समाचार सामग्रीहरुको समीक्षा गर्दैै दलित समुदायका विषयवस्तु उठाउने क्रममा मिडियाले केही राम्रो भूमिका भएपनि त्यसलाई विस्तृत रुपले स्थापित गराउन भने नसकेको विश्लेषण गर्नुभयो

कार्यक्रममा बोल्ने केही दलित पत्रकारहरुले संविधान निर्माण प्रक्रियामा दलित समुदायका अधिकार सुनिश्चित गराउनका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए

अन्तरक्रियामा विभिन्न टेलिभिजन, पत्रिका, रेडियो, सामाजिक सञ्जालका सञ्चारकर्मीहरुले दलित समुदायका मुद्दालाई प्राथमिकताका साथ सञ्चार माध्यममा स्थान दिइनुपर्ने विचार राख्दै सो कार्यका लागि आफुहरु प्रतिबद्ध भएको विचार राखेका थिए

सो अन्तरक्रियाको सहजीकरण गर्दै जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले सञ्चार माध्यमले दलितका मुद्दालाई सहानुभुति प्रकट गर्ने तवरले मात्रै स्थान दिएको भन्दै अब वास्तविक रुपमै यो समस्या समाधानका लागि आवश्यक भूमिका निर्वाह गर्नुपर्ने विचार राख्नुभयो दलित समुदायका मुद्दालाई जनसंख्याको अनुपातमा भन्दा पनि समस्याका आधारमा बढी प्राथमिकता दिनुपर्ने बताउनुभयो   
महावीर विश्वकर्मा
जागरण मिडिया सेन्टर
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.