पछिल्ला सामग्री :
‘महत्त्वपूर्ण निर्णय नलेऊ’


काठमाडौं/ नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले सरकारलाई महत्त्वपूर्ण निर्णय नलिन आग्रह गर्नुभएको छ ।

सरकार कामचलाउ हैसियतमा पुगिसकेकाले महत्त्वपूर्ण निर्णय नलिन सिंहले आग्रह गर्नुभएको हो । सिम्पल आर्टद्वारा आयोजित कार्यक्रममा सिंहले निर्वाचन गराउने महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेकोमा सरकारलाई धन्यवादसमेत दिनुभयो ।

दलहरूबीच भएको चारबुँदे सहमतिले आगामी दिनको बाटो खुलेको भन्दै समानुपातिक सूचीको नाम बुझाउना साथ कांग्रेसले सबैलाई समेटेर सरकार बनाउने विषयमा पहल गर्ने सिंहको भनाइ छ ।

उहाँले कांग्रेसले कुनै पनि दलसँग गोप्य सम्झौता नगरेको स्पस्ट पार्नुभयो । कांग्रेसको नेतृत्वमा सरकार गठन भएसँगै एक वर्षभित्र संविधान र जनजीविकाका विषय मुख्य रूपमा उठाउने सिंहले बताउनुभयो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.