गसिप : बिहेअघि आफूलाई पुग्ने सम्पत्ति
काठमाडौं/ चलचित्र क्षेत्रमा चलेको नाम राजेश हमाल जो चलचित्रकर्मीका आदरणीय व्यक्ति । उनी नेपाली चलचित्र क्षेत्रका महानायक पनि । साना बच्चादेखि ठूलाले समेत चिनेका छन् नायक राजेश हमाललाई ।
पहिलो चलचित्र ‘युगदेखि युगसम्म’बाट कलाकारितामा लागेका हमालले यस क्षेत्रमा झन्डै ३० दशक बिताइसकेका छन् । उनीसँगै कलाकारितामा लागेका नायक भुवन केसी, शिव श्रेष्ठ, रमेश उप्रेती, धिरेन शाक्य, दिनेश शर्माजस्ता नायक नेपाली चलचित्रमा देखिन छाडे पनि नायक हमाल भने अझै उत्तिकै सक्रिय छन् ।
उमेरले ५० नाघेका हमाल अहिले पनि चलचित्रमा युवाकै भूमिकामा देखिन्छन् । चलचित्रहरूमा एक्सन सिनमा बढी देखिने हमाल प्राय: सबै कलाकारसँग अभिनय गरिसकेका छन् । उमेरले ५० नाघे पनि हमाललाई अहिले पनि तन्नेरी नै देख्न सकिन्छ ।
यतिका वर्ष एकल जिन्दगीमा बिताउँदै आएका हमालले विवाह गर्ने कुरा धेरै वर्षअघिदेखि चल्दै आएको पनि छ । ०७० सालको फागुनमा सात वर्षअघिकी प्रेमीका मधु भट्टराईसँग विवाह बन्धनमा बाँधिने बताइए पनि विवाह भने अझै हुन सकेको छैन ।
सानैदेखि हमालको फ्यान रहेकी मधुले नै हमाललाई पहिला प्रेम प्रस्ताव राखेकी हुन् । यसरी अहिलेसम्म पनि विवाह नगरेका हमालले आफ्नै कमाइबाट धेरै सम्पत्ति पनि जोडिसकेका छन् । झन्डै ३० दशकको चलचित्र यात्रामा सयौँ चलचित्रमा अभिनय गरिसकेका हमालले एउटा चलचित्रमा अभिनय गरेबापत् पाँच लाख भन्दा माथिसम्म लिने गरेका छन् । काठमाडौंमा आफ्नै कमाइबाट घर बनाएका हमालसँग हाल दुईवटा निकै महँगा गाडी पनि छन् । चलचित्र क्षेत्रबाट नाम, दाम दुवै हात पारेका हमालले विवाहअघि आफूलाई चाहिने सबै सम्पत्ति जोडिसकेका छन् ।
पछिल्लो समय चलचित्र मुखौटा र हँसिया चलचित्रको प्रमोसनमा व्यस्त महानायक हमाल विदेशका विभिन्न ठाउँको भ्रमणमा पनि व्यस्त भएका छन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.