पछिल्ला सामग्री :
पत्रकार महासंघमा विष्ट (फोटो फिचरसहित)



काठमाडौं/
नेपाल पत्रकार महासंघको अध्यक्षमा डा. महेन्द्र विष्ट निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न २४औँ महाधिवेशनले प्रगतिशील प्यानलका डा. विष्टलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

डा. विष्टले पाँच सय नौ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी प्रजातन्त्रवादी प्यानलका पोषण केसीले चार सय ५४ मत प्राप्त गरे । उपाध्यक्षमा प्रगतिशील प्यानलकै खिलबहादुर भण्डारी चार सय ६२ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी रामजी दाहालले चार सय ५७ मत प्राप्त गरे ।

समावेशी उपाध्यक्षमा प्रजातन्त्रवादी प्यानलकी अनिता बिन्दु पाँच सय ६ मतका साथ विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी महेश दासले चार सय ४९ मत प्राप्त गरे । महासचिवमा प्रगतिशील प्यानलकै उजिर मगरले पाँच सय ११ मत ल्याई विजयी भए भने उनका प्रतिस्पर्धी जगत नेपालले चार सय ५३ मत ल्याए ।

यस्तै, खुला सचिवमा प्रभात चलाउने, महिला सचिवमा संगीता खड्का, समावेशी सचिवमा धर्मेन्द्र कर्ण र एसोसिएट सचिवमा ध्रुव लम्साल विजयी भए । कोषाध्यक्षमा सूर्यमणि गौतम विजयी भए ।

महासंघका लेखा समिति संयोजकमा दीपक पाण्डे, सदस्यमा सुनील दाहाल र रञ्जना पौडेल विजयी भए । समावेशी उपाध्यक्ष बिन्दु र लेखा समिति सदस्य पौडेल प्रजातान्त्रिक प्यानलका हुन् भने बाँकी सबै प्रगतिशील प्यानलका हुन् ।

यस्तै, विकास क्षेत्रअन्तर्गत पूर्वाञ्चलमा गणेश पोखरेल र गणेश लम्साल, मध्यमाञ्चलमा शीतल महतो र चिरञ्जीवी मास्के, पश्चिमाञ्चलमा हरिनारायण गौतम र रुद्र भट्ट, मध्यपश्चिममा झलक गैरे र अजयदीप शर्मा, सुदूरपश्चिममा प्रकाशविक्रम शाह र खगेन्द्र पन्त निर्वाचित भएका छन् । उपत्यकामा ईश्वरी वाग्ले र रामहरि सिलवाल, प्रतिष्ठानमा सुरज आचार्य र रोशन पुरी, कर्णालीमा नवराज महतारा र एसोसिएटमा प्रकाश तिमिल्सिना र प्रदीप न्यौपाने विजयी भएका छन् । मध्यमाञ्चलका शीतल महतो तथा एसोसिएटका दुवै सदस्य प्रजातन्त्रवादी प्यानलका हुन् भने अन्य सबै विजयी प्रगतिशील प्यानलका हुन् ।

सबैको जित : विष्ट
विजयी भएपछि पत्रकारलाई सम्बोधन गर्दै अध्यक्ष महेन्द्र विष्टले आफूले यो विजयलाई सबैको जितका रूपमा लिएको उल्लेख गर्दै अब श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको मुद्दालाई पहिलो प्राथमिकतामा राख्ने बताए । उनले मुलुकका आमपत्रकारको पहिचान र पत्रकारिताको वास्तविक छविलाई माथि लैजान पनि आफूले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।


यस्तै, समावेशी उपाध्यक्षमा विजयी अनिता बिन्दुले महासंघलाई पत्रकारको साझा थलोका रूपमा विकसित गर्न आफूले पहल गर्ने बताइन् ।

तस्वीर सौजन्य : अनलाइनखबर र रातोपाटी डटकम ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.