पछिल्ला सामग्री :
कोषध्यक्षमा गोकर्ण दाहालको उम्मेदवारी

आदरणीय दाजुभाई तथा दिदिबहिनीहरु

विदेशमा बसेर पनि नेपाल प्रतिको आफ्नो मायाले गर्दा यहाँ अबस्थित नेपाली समुदाय जहिले पनि मेरो उच्च प्राथमिकतामा रहेको छ । यही मेरो भित्री चाहनाले अझ अग्रसर हुँदै सेवा गर्न प्रेरित गरेको छ । त्यसै कारण आफ्नो सामाजिक उत्तरदायित्वलाई अझ फराकिलो दायरा बनाएर सेवा गर्नको लागि NRNNSC को कोषाध्यक्ष पदमा उमेद्वारी दिएको छु । मेरो नाम गोकर्ण दाहाल हो । मेरो जन्म नुवाकोट जिल्लाको सानो गाउको मध्यम वर्ग्रिय परिवारमा सन १९६५ मा भएको हो । विद्यालयको पढाई गाउमै सकेर उच्च शिक्षाको लागि काठमाडौँ आए । ठमेलको सरस्वती क्याम्पसबाट स्नातक तह उतिर्ण गरेँ । १९९८ मा अमेरिका आईपुगें । लागातार १५ वर्षको सङ्घर्षले जीवनका अप्ठ्यारा, कठिन आर्थिक स्थितिको मूल्य पनि चुकाएको छ ।

अहिले टेक्सासमा सानो व्यवसाय गरीबसेको छु । मातृभूमी छोडेर विदेशी भूमिमा बस्दै गर्दा देश, देशका अन्य विषयवस्तुले देश प्रतिको माया अझ प्रगाढ बनाउने गर्दो रहेछ । मलाई विदेशमा देखिने नेपाली समुदाय नेपाल देशको बिम्ब झैँ लाग्ने गर्छ । आफूपनि त्यही समुदायको एउटा सदस्य भएको नाताले समुदायको क्रियाकलापमा अगाडि सरेर केही गरुं भन्ने भित्री भावना पनि छ र आजसम्म NST, NCSC र ICA जस्ता संस्थाहरूमा सक्रिय हुँदै नेपाली समुदाय, संस्कृति, कला, भाषा तथा सञ्चार क्षेत्रको विकास, प्रबर्धनमा सक्दो काम गर्दै आइरहेको छु । यसको साथसाथै यी संस्थाहरूले मलाई पनि व्यक्तित्व विकास तथा आफ्नोपनको आभास दिन धेरै भूमिका खेलेको छ । तसर्थ विगतदेखि आजसम्म यी संस्थाहरुबाट पाएको आत्मियताको सम्मान गर्दै आफूमा भएको सामाज सेवाको उत्प्रेरणालाई अझ प्रगाढ बनाउदै लगनशिल भएर नेपाली समुदायको लागि समर्पण गर्नको लागि कोषाध्यक्ष पदमा उमेदवारी दिएको छु । मेरो उमेदवारी NRNNCC को आर्थिक पक्ष सबल पार्नको लागि अर्थपूर्ण हुने कुरा पनि विश्वस्थ पार्न चाहन्छु । अन्त्यमा नेपाली समुदायका दाजुभाइ तथा दिदिबहिनीहरुमा सहयोगको आशा गरेको छु । सहयोगको लागि धन्यवाद ।

गोकर्ण दाहाल NRN कोषाध्यक्ष पदको उमेदवारको अपिल
५२०८ क्यामरन क्रीक लेन
फोर्ट ओर्थ, टेक्सास
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.