जिल्लाका ३२ गाविस सचिव विहिन
हिमालीयुवा डेस्कनवलपरासी, भदौ १३/जिल्लाको करिब ३२ वटा गाविस अहिले सचिवविहिन भएको छ ।
जिल्लाका यति धेरै गाविसहरू एकै पटक सचिव विहिन हुँदा गाविसका सर्वसाधारण मर्कामा परेका छन् । गाविस सचिवहरू एकैचोटी स्वेछिक अवकाश लिएपछि जिल्लाका ३२ वटा गाविसमा सचिव विहिन भएको हो । गाविस सचिव विहिन हुँदा ति गाविसका बासिन्दालाई जन्मदर्तालगायत विभिन्न घटना दर्ता, नागरिकता, नाता प्रमाणित, जग्गा नामसारीलगायतको सिफारिस जस्ता काम गराउन समस्या भएको छ ।
कूल ७३ वटा गाविस र एक नगरपालिका रहेको नवलपरासी जिल्लामा कतिपय सचिवहरू दुइदेखि तीनवटा गाविस हेर्नु परेको छ । जनप्रतिनिधि विहिन अवस्थामा जनप्रतिनिधिको काम पनि गर्दै आएका सचिवहरू एकैचोटी अवकाश लिएपछि यस्तो समस्या आएको जिल्ला विकास समिति नवलपरासीले जनाएको छ ।
यस अगावै पनि १२ वटा गाविसमा सचिव बिहिन भएको र यसबेला अधिकांश सचिवहरूले स्वेछिक अवकाश लिएपछि अधिकांश गाविस सचिव बिहिन भएको स्थानीय विकास अधिकारी टिकाराम घिमिरेले बताए । घिमिरेले जनताको काम सहज गराउने एउटै गाविस सचिवलाई २ देखि ३ वटा गाविस हेर्न जिम्मा दिएको बताउँदै गाविस सचिवका लागि लोकसेवामा माग गरिएको बताए । अहिले गाविसमा बजेट पनि बढ्दै गएको र सचिवको सङ्ख्या पनि घट्दै गएकोले विकास निर्माणको काम पनि प्रभावित भएको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.