पछिल्ला सामग्री :
गाईलाई सङ्गीत

हिमालीयुवा डेक्स
चितवन, भदौ २१/
तपाईंहरूले सङ्गीत सुन्नु र सुनाउनु हुन्छहोला । तर, कहिल्यै गाईलाई सङ्गीत सुनाएको देख्नुभएको छ ? छैन भने आउनुहोस् चितवनको चैनपुर । यहाँ तपाईंहरूले गाईलाई सङ्गीत सुनाएर जिल्लाका दुग्ध उत्पादक कृषकले गाईको दूध उत्पादन क्षमता बढाएका छन् ।

पूर्वी चितवनको चैनपुर- १ ज्यामिरेका कृषक पूर्णदत्त भुसालले आफूले पालेका गाईलाई सङ्गीत सुनाउँदा र नसुनाउदा एक पटकमा एक लिटरसम्म दुध घटबढ हुने जानकारी दिएका छन् । बिहान ४ बजेदेखि ८ बजेसम्म दिउँसो २ बजेदेखि ८ बजेसम्म गाईलाई गीत सङ्गीत सुनाउने भुसालले गीत सङ्गीत नसुनाउँदा १३ लिटर दुध दिने गाइले सुनाए पछि १४ लिटर दिन थालेको जानकारी दिए ।

२२ वर्ष अगाडिबाट गाई पाल्न सुरु गरेका कृषक भुसालले २०५५ सालदेखि गाईगोठमा गीत बजाउन थालेका हुन् । विदेशमा सङ्गीत सुनाउने प्रचलन छ भन्ने सुनेर आफूले पनि गीतसङ्गीत बजाउन थालेको उनले जानकारी दिए ।

द्वापरयुगमा कृष्णले बाँसुरी बजाउँदा बाँसुरीको धुन सुन्न गाई झुम्मिने गरेको पढेका भुसाललाई आफ्नै गोठका गाईले सङ्गीत सुन्न मन पराएको देखेपछि पढेको कुरामा विश्वास लागेको छ । दैनिक १३ देखि २६ लिटरसम्म दुध दिने २५ वटा गाई पालेका भुसालले दैनिक १ सय २५ लिटर दुध बेच्दै आएका छन् । सुरुका दिनमा क्यासेटबाट भजन र गीत सुनाउने भुसालले आजभोली एफएमबाट गीत सुनाउने गरेको बताए ।

गाईलाई सङ्गीत सुनाउने पनि निश्चत समय हुने उनको अनुभव छ । घाँस खाने समयमा गाईले गीतसङ्गीत मन पराए पनि आरामको बेला सङ्गीत मन नपराउने उनले बताए ।

यस्तै अनुभव छ पटिहानीका कृषक रामचन्द्र तिमल्सिनाको पनि । दैनिक ३ सय ५० लिटर दुध बिक्री गर्ने तिमल्सिनाले कहिले काँहि एफएम बिग्रिदाँ ३० लिटरसम्म दुध कम हुने सुनाए । ७१ वटा मध्ये २८ वटा दुहुना गाई पालेका तिमल्सिनाले विदेशमा गाईलाई नै सुनाउने गीत तयार भएको भए पनि नेपालमा त्यो नपाइने भएकाले एफएममा बज्ने गीतबाटै काम चलाउने गरेको बताए ।

पशु सेवा विभागका महानिर्देशक डा. प्रभाकर पाठकले गीतसङ्गीतबाट दुधालु गाईमा दुध वृद्धि भएको विदेश तिर हामीले सुनेको भए पनि स्वदेशमा नै यस्तो घटना देखिनु यो पहिलो भएको बताए ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.