पछिल्ला सामग्री :
यसरी चट् भयो यी पत्रकरको जागिर (भिडियोसहित)

एजेन्सी/ भारतमा बाढी पहिरो गएका वेला स्थानीयपीडितको काँधमा चढेर समाचार संकलन गरेको भन्दै त्यहाँका एक पत्रकार निलम्बनमा परेका छन् ।

स्थानीय न्युज एक्सप्रेस टेलिभिजन च्यानलमा कार्यरत पत्रकार नारायण पार्गेनलाई अमानवीय कार्य गरेको भन्दै निलम्बन गरिएको उक्त संस्थाले जनाएको छ । स्थानीय पीडितको काँधमा चढेको भिडियो युट्युबमा सार्वजनिक भएपछि उनको सर्वत्र आलोचना भएको थियो ।

न्युज एक्सप्रेसले पार्गेनले ठूलो गल्ती गरेको ठहर गरेको छ । पत्रकार पार्गेनले भने बाढीले बगाएको आफ्नो घरको रिपोटिङ गर्न ती पीडितले काँधमा चढ्न बारम्बार आग्रह गरेका कारण काँधमा चढेको प्रतिक्रिया दिएका छन् ।


पत्रकार नारायणले आफूले क्यामेराम्यानलाई काँधमा चढेको दृष्य नखिच्न भने पनि क्यामेराम्यानले दृश्य खिचेर गल्ती गरेको प्रस्ट पारेका छन् । भारतको उत्तराखण्डमा केही दिनअघि गएको बाढीमा परी करिब आठ सय मानिसले ज्यान गुमाएका थिए ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.