पछिल्ला सामग्री :
मलालामाथिको आक्रमणप्रति दु:ख

एजेन्सी/ पाकिस्तानी तालिवानका एक वरिष्ठ नेताले बालिका शिक्षा अभियन्ता मलाला युसुफजाईलाई एक पत्र लेख्दै उनीमाथि भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

वरिष्ठ तालिवानी नेता अदनान रसिदले मलालालाई एक पत्र लेख्दै उनीमाथि भएको आक्रमणप्रति दु:ख व्यक्त गरेका हुन् । किशोरी शिक्षा अभियान चलाएको आरोपमा मलालाई गत वर्ष तालीवानीले गोली प्रहार गरेका थिए । टाउकोमा गोली लागेको उनको बेलायतमा उपचार गरिएको थियो ।

पाकिस्तानमा पछिल्लो समयमा किशोरी शिक्षाको विषयमा सबै सरोकारवालाको ध्यान आकृष्ट गर्ने श्रेय उनलाई नै जान्छ । उनलाई नोबेल शान्ति पुरस्कारका लागि विभिन्न स्थानमा अभियानहरूसमेत सञ्चालन भइरहेका छन् ।

उनले गत शुक्रबार संयुक्त राष्ट्रसंघको विशेष सभालाई सम्बोधन गर्दै तालीवानी आतंककारीहरू पुस्तक र कलमबाट डराउने गरेको बताएकी थिइन् । सो क्रममा उनले तालीवानी चरमपन्थीलगायत सबैका छोराछोरीले शान्तिपूर्ण ढंगले पढ्न पाउने वातावरण सिर्जना गरिदिन आग्रहसमेत गरेकी थिइन् ।
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.