पछिल्ला सामग्री :
घर जोगाउन गुहार

काठमाडौं/ सिद्धार्थ राजमार्गको छेउछाउमा पर्ने पाल्पाका घर टहराहरू नभत्काउन पाल्पालीहरूले सरकारसँग गुहार मागेका छन् ।  राजमार्गको छेउछाउमा पर्ने घरहरू भत्काउने अभियानअन्तर्गत पाल्पामा पनि घरटहराहरू भत्काउने गृहकार्य भएपछि पाल्पालीहरूले घरटहरा जोगाइदिन सरकारसँग गुहार मागेका हुन् ।

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र भौतिक योजना मन्त्रालयका अधिकारीहरूलाई भेटेर तराईंको भन्दा फरक मापदण्ड बनाउन आग्रह गरेको टोलीमा सहभागी काँग्रेस नेता देवराज ढकालले जानकारी दिनुभयो ।

उनीहरूले चिडियाखोलादेखि राम्दी सम्मको सिद्धार्थ राजमार्गसँगै बर्तुडदेखि रिडीसम्मको सहायक राजमार्गका घरहरू जोगाउन आग्रह गरेका हुन् ।

सरकारले राजमार्गको चौडाई ५० मिटर कायम गरे पनि पहाडी क्षेत्रमा भने त्यसलाई घटाएर १३ मिटर कायम गर्नु पर्ने उनीहरूको माग छ । त्यसैगरी सहायक राजमार्ग र जिल्ला मार्गलाई पनि तीन मिटर र बिस मिटरबाट घटाएर १० मिटर काम गर्नु पर्ने माग गरिएको नेता ढकालले बताउनुभयो ।

पूरानै मापदण्ड काम भएर बाटो वरीपरिका घरटहरा भत्काउन थालेमा पाल्पा जिल्लामा मात्रै झण्डै ७ सय घरटहरा भत्कीने र अरबाँैको क्षति हुने अनुमान छ ।

जवाफमा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी र भौतिक योजना मन्त्रालयका अधिकारीहरूले पहाड र तराईमा एउटै मापदण्ड लागु गर्नु अव्यवहारिक हुने स्वीकार गर्नुभएको छ ।

उहाहरूले सडक विस्तारको काम तत्काल सुरु नगरिने र गर्ने बेलामा नयाँ मापदण्ड काम गर्ने आश्वासन दिनुभएको छ ।
nepalbani
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.