पछिल्ला सामग्री :
एसएलसी पूरकमा साढे ४८ हजार पास

प्रवेशिका परीक्षा एसएलसी अन्तर्गतको पूरक परीक्षामा ६० प्रतिशत उत्तिर्ण भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले आज बिहान सार्वजनिक गरेको नतिजा अनुसार ६७ हजार ५१ परीक्षार्थी उत्तिर्ण भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार पू्रक परीक्षामा १ हजार ६ सय १० जना प्रथम श्रेणीमा पास भएका छन् भने ४८ हजार ८ सय ६७ जना दोश्रो र १६ हजार ५ सय ७४ जना तेश्रो श्रेणीमा पास भएका छन् ।

एसएलसी परीक्षामा दुई विषयमा फेल भएकाहरु परीक्षार्थीहरु मौका परीक्षामा सामेल भएका थिए ।

एक महिनाअघि भएको उक्त मौका परीक्षामा १ लाख ११ हजार ७ सय २४ विद्यार्थी सहभागी भएका थिए ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.