पछिल्ला सामग्री :
दाँतलाई कसरी सेतो राख्ने ?

भिन्न ब्रान्डका मन्झन प्रयोग गर्दा दाँत सेतो र चम्किलो भएको देखेका छौँ । त्यही आशले हामी पनि ती ब्रान्डलाई प्रयोग गर्छौं, तर नतिजा त्यहीअनुरुपको नआएर कतिपय दिक्क पनि भएका छौँ होला । तर, धन्दा नमान्नुहोस् दाँतलाई सेतो बनाउन तपाईं हामीले सोचे जति गाह्रो पनि छैन । दाँत सेतो राख्नका लागि तलका केही सुझाब तपाईंका लागि सहयोगी हुन सक्छ ।

के नगर्ने
बेकिङ सोडाको सकेसम्म प्रयोग नगर्ने । यसले तपाईंको दाँतबाट इनामेलको मात्रालाई कम गर्छ र दाँतको चम्किलोपनामा ह्रास ल्याउँछ जसले गर्दा दाँत पहेँलो देखिन थाल्छ । गाढा रंगका पिग्मेन्ट भएका खाद्य नखानुहोस् । खाना जस्तै सोया सस, मरिनारा ससमा भएको गाढा रंगको पिगमेन्टले दाँतमा दाग बस्न सक्छ । बजारमा पाइने रेडबुल, मोन्सटरजस्ता शक्तिबर्द्धक इनर्जी पेय पदार्थ नपिउनुहोस् । तिनीहरु कम्पनीले दाबी गरेजस्तै राम्रा हुँदैनन्, विशेष गरेर तपाईंको दाँतका लागि । त्यसमा भएको एसिडले दाँत भएको चम्किलोपनालाई कम गर्दै जान्छ । धुम्रपान नगर्ने ।

के गर्ने
टुथब्रसलाई नियमितरुपमा परिवर्तन गर्ने । तीन महिनाको अन्तरालमा त्यसलाई परिवर्तन गर्न ठीक हुन्छ । यदी ब्रस बिग्रेजस्तो लाग्यो भने परिवर्तन गर्नुपर्छ । सकेसम्म राम्रो गुणस्तरको ब्रस प्रयोग गरौँ । जिब्रोलाई सफा राख्ने । यसले तपाईंको सासलाई मात्र ताजा नराखेर, यसले दाँतको रंगलाई असर गर्ने ब्याक्टेरिया पैदा हुनबाट रोक्छ ।

फलफूल नियमित खाने
यसले तपाईंको दाँतमा चमक र स्वस्थ राख्न मद्दत गर्छ । सिट्रस भएका फलफूल जस्तै कागती, सुन्तला खाएपछि मुख पानीले कुल्ला गर्ने । तिनीहरुमा भएको एसिडले दाँतको इनामेललाई कम गर्छ ।
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.