१७ गाविस औलोको उच्च जोखिममा
नवलपरासी/ नवलपरासीको रामग्रम नगरपालिकासहित १७ गाविस औलो रोगको उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रभावित गाविसहरू भारतसँग सिमाना जोडिएका छन् । उक्त गाविसमा यस वर्ष २१ जनामा औलो रोग देखिएको र त्यसमध्ये नौजनामा कडा खालको औलो देखिएको कार्यालयले जनाएको छ ।
औलो रोगबारे जानकारी दिन जिल्ला स्वास्थ्य कार्यालयद्वारा परासीमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिनन्द महतोले औलो प्रभावित गाविसमध्येका एक नगरपालिकासहित ११ गाविसमा किटनाशक झुल वितरण गर्न लागिएको जानकारी दिनुभयो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.