नेपाल र अमेरिकाबाट ‘द सुप्रिम ह्युमन’
काठमाडौं/ नेपाली लेखक रमेश पौडेलको औपन्यासिक कृति ‘द सुप्रिम ह्युमन’ नेपाली र अंग्रेजी दुई भाषामा पाठकमाझ आउने भएको छ ।
उपन्यासको नेपाली संस्करण डिकुरा पब्लिकेसनबाट र अंग्रेजी संस्करण डोरेन्स पब्लिसिङ अमेरिकाबाट आउन लागेको हो । यो उपन्यासको नेपाली संस्करण चैत मसान्तभित्रै बजारमा ल्याउने प्रकाशक संस्था डिकुरा पब्लिकेसनले जनाएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी सो पुस्तकबारे जानकारी गराइयो । पुस्तकको अंग्रेजी संस्करण अमेरिकाको डोरेन्स पब्लिसिङले प्रकाशन गर्ने जानकारी पनि कार्यक्रममा गराइयो । डोरेन्स पब्लिसिङबाट भने यो पुस्तक तीन महिनापछि बजारमा आउनेछ ।
डिकुरा पब्लिकेसनका अध्यक्ष पुण्यप्रसाद प्रसाईंले यो उपन्यास परिष्कृत आधुनिकतावाद (सुपर मोर्डनिज्म) मा आधारित रहेको र यो नयाा विचारधारा भएको बताए । विज्ञान कथामा आधारित यस उपन्यासमा यौन, अध्यात्म, उत्प्रेरणा र सफलतालाई आधार भूमि बनाइएको छ र यो चलनचल्तीका र आम उपन्यासभन्दा पृथक रहेकोबारे उनले प्रकाश पार्दै यो उपन्यासपछि विश्व साहित्यमा नेपाली लेखकको दरिलो उपस्थिति हुने कुरा बताए ।
यो एक सशक्त उपन्यास भएकाले डिकुराले प्रकाशन गर्न लागेको प्रसार्इँले बताए । तीन सय चार पेजको यस कृतिको मूल्य ३५० रुपैयाँ रहने कार्यक्रममा जानकारी गराइयो ।
उपन्यासकार रमेश पौडेलले आफ्नो कृति विज्ञान र मानव शक्तिमाथि विश्वास गरिएको जानकारी गराए । यो उपन्यासबाट मनोरञ्जन, ज्ञान, प्रेरणा नमिलेमा जलाएर क्षतिपूर्ति लिन आउन पनि उनले अनुरोध गरे । यो कृति तयार गर्न दुई वर्ष लागेको पौडेलले बताए ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.