पछिल्ला सामग्री :
रेयुकाईको सामूहिक बलात्कार

विशुद्ध सामाजिक सेवाको भावनाबाट नेपालमा स्थापित भएको सामाजिक संस्था युरासिया रेयुकाईलाई वर्षौंदेखि कर्मथलोको रूपमा प्रयोग गर्दै, पारिवारिक आर्थिक उन्नतिको साधनको रूपमा रेयुकाईलाई प्रयोग गरी मोज गरिरहेका केही निहित उच्चतम् व्यक्तिगत स्वार्थ बोकेका व्यक्तिको विभिन्न समयअनुसार बन्ने समूहले पटक–पटक रेयुकाई संस्थालाई सामूहिक बलात्कार गरेका छन् ।

माकुरोले आफ्नो बच्चालाई जन्म दिनको लागि धेरै दु:ख गरेर अन्डालाई जालोले ढाक्छ र परजिबिको शिकार हुन्छकी भनेर २४सै घन्टा देखभाल गर्दछ, निरन्तरको प्रयास पछि अन्तत: अन्डाबाट बच्चा बाहिर आउने समय आउन्छ,माऊ माकुराले सो कुरा थाहा पाए पछि बाक्लो जालोलाई खोली दिन्छ । आफ्नो सन्तान धेरै दिनको अथक परिश्रम र महनत पछि बाहिरी संसारमा आउन लागेकोमा सायद माऊ माकुरा खुसी हुन्छ होला, खुसीलाई बच्चासामु बाँड्ने मौका नपाई आफुना हजारौँका सन्तानले छिनभरमै माऊ माकुरालाई जालोबाट निष्कना साथ लुछातानी गर्दै खाइदिन्छन् सिकार बनाउछन् । युरासिया रेयुकाईमा हाल यस्तै अवस्था देखिएको छ ।

विशुद्ध सामाजिक सेवाको भावना र लामो इतिहाससहित स्थापनाको झन्डै चार दशक पूरा गरिसकेको युरासिया रेयुकाईमा हाल निष्काशनमा परेका केही कर्मचारीहरूले युनियनको रूपदिई पुनर्वहालीको लागि चन्डी नाच गरिरहेको सुन्दा उदेक लागेको छ । म पनि आज भन्दा १४–१५ वर्षदेखि रेयुकाई शिक्षासँग सम्बन्धित छु, लगभग १० वर्षसम्म कर्मचारीको रूपमा पनि काम गरेको थिएँ ।

केही वर्षदेखि म युरासिया रेयुकाईदेखि अलग रहेको छु, तर अरू माध्यमबाट रेयुकाई शिक्षाको अभ्यास दैनिक जीवनमा निरन्तररूपमा गरिरहेको छु । माध्यम फरक भएपनि रेयुकाई शिक्षा एकै भएको हुँदा रेयुकाई शिक्षामा आधारित संस्थामा भइरहेको क्रियाकलाप सम्बन्धि चासो राख्नु स्वाभाविक जस्तो लाग्छ । हालसम्म संस्थामा भइरहेको द्वन्द्वको वास्तविकता लाई जनमानसले सही रूपमा बुझ्ने वातावरण मिल्न सक्यो भने रेयुकाई शिक्षाप्रति मानिसको हेराई र बुझाई सकारात्कम हुने र रेयुकाईलाई प्रयोग गरी संस्थालाई आफ्नो अंश वा पेवाको रूपमा लिई आर्थिक फाइदा उठाउने स्वार्थ लिएका कथित व्यक्तिहरूको वास्तविक चरित्र उजागर भईकिनारा हुने थियो र वास्तविक रेयुकाई शिक्षाको अनुशरण र कार्यान्वयन गर्ने दु:ख पाएका रेयुकाई सदस्यले रेयुकाई प्रति गर्व गर्ने मौका र काम गर्ने अवसर पाउने थिए । बलात्कारको प्रशंगलाई जोड्नको लागि अलिकती भए पनि रेयुकाईको पृष्ठभूमि राख्नु उचित हुन्छ ।

विश्व शान्तिको लक्ष्य लिई प्रत्येक व्यक्तिहरूको अनुभवको सिकाई नै जीवन परिर्वतनको उत्तम मार्ग हो भन्ने अभिप्राय राखि भौतिकताबादी आधुनिकतामा भाईचार र बन्धुत्वको भावनालाई बचाई मानबतालाई जीवन दिनको लागि विश्वयुद्धको समाप्तिसँगै जापानका महान् एवं आध्यात्मिक भावनाका धनि व्यक्ति स्व. काकुतारो कुवो र किमि कोतानीद्वारा रेयुकाई संस्थाको स्थापना भएको थियो ।

जापानमा कुवो, कोतानीले प्रतिपादन गरेको रेयुकाई शिक्षालाई विश्वभरी फैलाई भौतिकताले भरिएको आधुनिक समाजलाई आध्यात्मिक बन्धुत्वको भावनाले सिंचित गरि समुन्नत समाज निर्माण गर्न सकिने अभिप्राय राखी झन्डै चार दशकअघि सात समुद्रपारगरी अति विकसित देश जापानबाट गरिबीको पीडा नै पीडाले भरिएको देश नेपालमा आई रेयुकाई शिक्षाको विजारोपण र विस्तार गर्ने काम जापानिज् नागरिक युसुन मासुनागाबाट भएको हो ।

युरासिया क्षेत्रमा रेयुकाईका पिता भनेका युसुन मासुनाका हुन् । मासुनागाले रेयुकाई शिक्षाको साथ साथै नेपालमा आफ्नो सम्पूर्ण जीवनलाई अर्पेका छन् साथै रेयुकाई जापानबाट अर्बौं रुपैयाँ नेपाल ल्याउने वातावरण मिलाएका छन् । रेयुकाई शिक्षा र यसका सदस्य तथा लिडर्सहरूको लागि मासुनागा सान्ले असाध्य दु:खलाई सहन गरेका छन्, उनले आफ्नो पारिवारिक सम्पन्नता र सुविधालाई त्यागी नेपाललाई मुख्य कार्य क्षेत्र बनाई युरासिया रेयुकाई र नेपाली सदस्यहरूको लागि जापान कार्यालयमा आजसम्म वृद्ध अवस्थामा एकलै संर्घष गरिरहेका छन् ।

सुरुमा रेयुकाई नेपालको नाममा दर्ता भएको यो सस्थामा सयौँले रोजगारी पाएका थिए । प्रत्येक कुना काप्चामा पुर्खा स्मरण, कर्मको शुद्धीकरण र प्रायश्चित अभ्यासको सिद्धान्तलाई आत्मसाथ गरि दैनिक रूपमा नमस्कार, माफ गर्नुहोस् र धन्यवाद लाई कार्यान्वयन गर्दै, प्रतिदिन घरपरिवार, समाज, राष्ट्र र विश्वको सुख, शान्ति र समृद्धिका लागि कामना गर्ने र अरूको स्थानमा रहेर सोच सक्ने धनी मन भएका असल मानिसहरूको समूह निर्माण गरी रेयुकाई शिक्षालाई फैलाउने कार्य भएको थियो,समाजिक कामहरू प्रशस्त मात्रामा हुने गरेका थिए । थोरै मात्रामा भए पनि सामाजिक कार्यको लागि आर्थिक सहयोग केन्द्रिबाट आउने प्रबन्ध थियो । थोरैलाई रकम भए पनि धरै सदस्यहरूको धनी मन भएको हुँदा समाजमा प्रशस्त कार्यहरू हुने गरेका थिए ।

छोटो समयमा लोकप्रियता कमाएको रेयुकाई शिक्षा फैलाउने रेयुकाई नेपाललाई लाख भन्दा बढि सदस्य भएई फुलिरहेको अवस्थामा निति,नियम र विधानको ब्याबस्था गरि प्रशासन र कर्मचारीलाई राम्ररी सञ्चालन गर्नु पर्नेमा संस्थालाई तानाशाही तरिकाले सञ्चालन गरी संस्था कब्र्जा गर्ने र सबै सुख सुबिधा आफु र आफ्ना चाहेका व्यक्तिले मात्र उपभोग गर्न योजना बनाई संस्थामा पसेका केही उच्च पद भएका जंग बहादुर प्रबृतियुक्त सल्लाकारहरूले युसुन मासुनागालाई गलत कुरा लगाई रेयुकाई नेपाल बन्द गर्न लगाए । रेयुकाई संस्थाको पहिलो सामूहिक बलात्कार भई रेयुकाई नेपाल बन्द भयो १५ लाख सदस्यलाई लत्याई केहि स्वार्थीले संस्था बन्द गरि सयौ रेयुकाईप्रति आश्रित कर्मचारी बिस्तापित भए बेघर भए,बिचल्लीमा परे । तर सबै रेयुकाई शिक्षाप्रति समर्पित भएको हुँदा ठूलो समस्या भने पैदा भएन ।

मिहता शाखाहरूको जन्म पछि नेपालगञ्ज लगाए बिभिन्न ठाऊमा जापान रेयुकाईको सहयोगमा ठुला ठुला रेयुकाईको शिक्षा फैलाउने प्रशासनिक भवनहरू निर्माण भए । भवनको निर्माण ताका जग्गा खरिद तथा भवन निर्माण कार्यको बेला पनि रेयुकाईका केहि व्यक्तिहरूले आर्थिक लाभ उठाएको कुरा निष्किएको थियो, तर भित्र–भित्र मिलाउने काम भयो सदस्य सामु कुरा पुग्न पाएन । संस्था बननाम हुने काम भयो व्यक्ति झन शक्तिशाली बन्दै गए । तानाशाही प्रबृतिका सिमित ठुला भनाउदा नर भक्क्षक अधिकारीहरूले युसुन मासुनागालाई हामी मात्र सहि र वास्तविक शिष्य, अरू सबै रेयुकाईका बिरोधी हुन् भन्ने गलत तरिकाले बुझाउन सफल भई रेयुकाईलाई व्यक्तिमुखी संस्था बनाउन सफल भए ।

रेयुकाईको निति,नियम भनेकै केही व्यक्तिहरूको बिचार बन्न गयो, परिणाम स्वरूप मिहता शाखा,केन्द्रका कर्मचारीहरूको तलव,सेवा,सुबिधा चाकरी अनुसार फरक हुन गयो । आफुले भनेको मानेन भने हटाईदिने वा दु:ख दिने यातना दिने काम तिब्ररूपमा भयो यसैको परिणाम स्वरूप केन्द्रीय कार्यालयका लेखा प्रमुखले कार्यलयमै आत्महत्या गर्न विवश भए जस्तो लाग्छ ।

एक वा दुईजनाको गल्तीका कारण मिहता शाखालाई बन्द गरियो, सस्दय बिचल्लिमा शरर्नाथी हुन पुगे कुनै पनि सुबिधा बिना कर्मचारी हटाईए भएका कर्मचारीको तलव आधा हुन गयो तर केही चाकरीवाच कर्मचारीहरू बाँचिरहे रेयुकाईको सदस्यहरूको बिकासको लागि आएको पैसामा होलि खेलिरहे । वास्तबिक रेयुकाईका अनुयायिहरू पखालागे केही दुष्टहरू सधै मासुनागा सान्को असल शिष्य बनिरहेका छन् रेयुकाई संस्थालाई खरानि बनाउने अभियान चलाईरहेका छन् । युशुन मासुनागाको आँखामा कालो पर्दा लगाई दिएका छन् । रेयुकाई शिक्षा संसारको सबै भन्दा महान् शिक्षा हो र संसारमा सबै भन्दा राम्रो संस्था रेयुकाई हो तर नेपालमा रेयुकाई संस्थाको जिम्मेवारी केहि गलत र स्वार्थी भावना भएका एकतान्त्रिक तानाशाहहरूको हातमा भएको हुदा सोझ,साधारण र वास्तबिक रेयुकाई शिक्षाका अनुयायीहरू दमनमा परेका छन्,पद उच्च भए पनि बोलिको मतलव हुदैन, जागिरलाई बचाएर राख्न सचेत र बिवश हुनु परेको छ ।

वषौ देखि रेयुकाईको पैसामा मोज गरि अरूलाई दु:ख दिन पल्लेका अरूको जागिर खोसिदा रमाउने मतलव नगर्ने केही ठुला रेयुकाईका अगुवा भनाउदा हरूको आफुनो जागिर खोसिँदा नियम कानुनको कुरा आएका छन् । श्रम ऐन र नेपालको संबिधानको कुरा उठेका छन् । घरपरिवारको चिन्ता गरेका छन् रु खोईत रेयुकाई नेपाल बाट निकालिएका कर्मचारीका कुरा,मिहाता शाखाबाट निकालिएका साथीहरूका कुरा र हाल न्यून तलबमा काम गरिरहेका कर्मचारीहरूका कुरा आफ्नो पुर्नवाहालिको माग मात्र जायज हो र बैशाखबाट युरासिया रेयुकाई अशान्त बनेको छ, निकालिएका ४३ जना कर्मचारीमध्येका कार्मचारीहरूले यूनियन बनाई आन्दोलन गरिरहेका छन् । आफुले सेवा सुबिधा पाउदा सम्म चुप लाग्ने अनि रेयुकाई शिक्षाका कुरा गर्ने आफुले तलब सुविधा नपाएपछि श्रम ऐनको कुरा गर्नेले विश्व शान्तिको अभियानमा लागेको रेयुकाई शिक्षालाई बदनाम गरेको छ ।

युसुन मासुनागाको त्याग,बलिदान र तपस्याको उपहास भएको छ, मासुनागा सान्लाई घेराबन्दीमा पारेका छन् मासुनागा सान्ले दु:ख गरी नेपाल ल्याएको पैसालाई खानु खाएर मासुनागा सान्को टाउकोमा बमिट गर्ने कार्य भए जस्तो लाग्छ र रेयुकाई जस्तो पवित्र संस्थालाई समूह बनाई बलात्कार गरिएको छ । युसुन मासुनागा, रेयुकाई शिक्षा र रेयुकाई संस्थाको दोष छैन, हैकमवादी चरित्र भएका केही संस्थाभित्रै रहेका दृष्टहरूको करामत हो,मासुनागाले आव वास्तविकता बुझ्न कुनै कदम चालेनन् भने, आफ्ना शिष्यलाई चिनेर फोहोर भागको रूपमा अर्थात क्यान्सर भएको भाग लाई पुरै काटेर सामाप्त गर्ने काम यो बेला भएन भने क्यान्सरले मासुनागा सान्, रेयुकाई शिक्षा र रेयुकाई संस्था अनि लाखौँ इमानदार रेयुकाई सदस्यहरूलाई मृत्युको शय्यामा धकेल्नेछ ।

रमेश सिटौला, नेपालगन्ज
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.