पछिल्ला सामग्री :
तीन किशोरीको उद्धार

एजेन्सी/ अमेरिकी प्रहरीले दुई वर्षदेखि बन्धक बनाई राखिएको अवस्थामा एरिजोना प्रान्तको टकसन सहरबाट ३ किशोरीलाई उद्धार गरेको छ ।

१२, १३ र १७ बर्षकी तीन बहिनीलाई आफ्नै आमा र सौताने पिताद्वारा अमानवीय व्यवहारसहित दुई बर्षदेखि बन्धक बनाई राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो।

आमा सोफिया रिक्टर र सौतेने बाबु फर्नान्डो रिक्टरले ती किशोरीहरुलाई साउण्ड प्रुफ कोठामा बन्धक बनाई राखेको प्रहरीले जनाएको छ । किशोरीहरुलाई बन्धक बनाएको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। पक्राउ परेका बाबुआमालाई प्रहरीले भावनात्मक र शारीरिक शोषण तथा अपहरणका तीनवटा आरोप लगाएर अदालत पठाएको छ।
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.