पछिल्ला सामग्री :
रंगशालामा विश्वकपको ट्रफी (फोटो र भिडियो)

काठमाडौं/ विश्वकप फुटबलको ट्रफी शनिबार नेपाल ल्याइएको छ ।
 
कोकाकोला कम्पनीको प्रायोजनमा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको निजी विमानबाट ट्रफी भुटान हुँदै काठमाडौं ल्याइएको हो । ट्रफीलाई दशरथ रंगशालामा राखिएको छ । 
 
ट्रफी राष्ट्रपति डा रामवरण यादव बाहेकले छुन पाउने छैनन् । उनले उचालेपछि प्रदर्शनीका लागि राख्ने तयारी छ । नेपाली खेलाडी, सरकारका उच्च पदाधिकारी लगायत केही सिमित दर्शकले मात्रै ट्रफी हेर्न पाउनेछन् । दशरथ रंगशालामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
 
ब्राजिलमा आउँदो जुनमा हुने विश्वकप फुटबलको ट्रफी विश्वका विभिन्न शहर घुमाउने क्रममा कतार, युएई, बंगलादेश, भुटान हुँदै नेपाल ल्याइएको हो । ट्रफी नेपालबाट भारत, म्यानमार हुँदै थाइल्याण्ड लगिनेछ ।


IP

, , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.