पछिल्ला सामग्री :
प्रशंसनीयखोज पद्धतिको प्रथम राष्ट्रिय सम्मेलन पोखरामा

काठमाडौं/ परिकल्पना नेपालको आयोजनामा आगामी पुस २४ देखि २६ गतेसम्म पोखरामा प्रशंसनीय खोज प्रथम राष्ट्रिय सम्मेलन (First National Appreciative Inquiry Conference) हुने भएको छ ।

सम्मेलनले नेपालमा प्रशंसनीय खोजको संस्थागत विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको दाबी छ । राजधानीमा शनिबार एक कार्यक्रमको आयोजना गरी परिकल्पना नेपालका अध्यक्ष रामचन्द्र लामिछानेले भने, ‘नेपाली समाजको सकारात्मक रुपान्तरणमा कोशेढुंगा सावित हुन सक्नेछ र यसले नेपाली समाजलाई सकारात्मक मार्गनिर्देश गर्न सक्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

प्रशंसनीय खोज एउटा यस्तो सिद्धान्त र चिन्तन हो जसले मानिसको सोचाइ, चिन्तन र कार्य गराइलाई सकारात्मक पाटोबाट सोच्न एवं सकारात्मक रुपान्तरणको दिशातर्फ उन्मुख हुन उत्प्रेरित गर्छ । सकारात्मक रुपान्तरणको लागि सवल पक्षहरुको शोधखोज एवं अध्ययनमा आधारित यस दर्शनलाई सन् १९८० को दशकमा प्राध्यापक डेविड कुपराइडरले विकास गरेका हुन् । तत्पश्चात विश्वका विभिन्न अध्ययन संस्था एवं क्षेत्रहरुमा ‘सकारात्मक ज्ञान’ को अध्ययन, अनुसन्धान, शोधखोज एवं प्रयोग भइरहेको छ ।

नेपाल तथा विश्वका विभिन्न भागमा भएका सकारात्मक पक्षहरुको अध्ययन, अनुसन्धान र प्रयोगको अनुभव र ज्ञानलाई आदानप्रदान गरी सकारात्मक परिवर्तनको लहर सिर्जनागर्ने उद्देश्यले यो राष्ट्रि्रय सम्मेलनको तयारी गरिएको सम्मेलन संयोजक आश्विनकुमार पुडासैनीले जानकारी दिए ।

सम्मेलनमा देश–विदेशका गरी करिब दुई सयजनाले सहभागिता जनाउने आयोजकले जनाएको छ । यस्तै सम्मेलनमा देश तथा विदेशका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वबाट सम्बोधन हुने कार्यक्रम तय गरिएको छ भने सकारात्मक परिवर्तनमा योगदान पुर्‍याएका सकारात्मक ज्ञानमा आधारित  कार्यपत्र र पोस्टरहरू पनि प्रस्तुत हुने परिकल्पना नेपालले जनाएको छ ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.