‘कलाकार सो केसभित्र रहनुपर्छ भन्ने छैन’
नेपाली फिल्ममा हट र ग्ल्यामर नायिकाका रूपमा चर्चा गर्दा नायिका रेखा
थापाको नाम सधैं अग्रस्थानमा आउने गर्दछ । सुन्दर मुस्कान र सुन्दर
अनुहारको गालामा कोठी भएकी यी नायिका विशेषत छोटा पहिरनका कारण पनि चर्चामा
आईरहन्छिन् । आफ्नो होम प्रोडक्सन रेखा फिल्मस्को व्यानरमा नेपाली
दर्शकलाई हिट फिल्म दिएकी रेखाले अहिले सोलो रूपमा फिल्म ‘काली’ बनाएकी छन्
। सुटिङ सकिएर पोष्ट प्रोडक्सनको तयारीमा रहेको यो फिल्मलाई थापाको
महत्वकांक्षी फिल्मका रूपमा पनि लिईन्छ । बोल्नमा पनि माहिर मानिने रेखा
विशेषतः राजनीतिक प्रवेश र पारिवारिक विषयले पनि विवाद र चर्चामा
आइरहन्छिन् । यही सेरोफेरोमा ‘काली’को सुटिङ सकेर आराम गरिरहेकी उनै
रेखासँग राजनीति, परिवार र उनको फिल्मबारे गरिएको कुराकानीको संक्षेप :
‘काली’ कस्तो किसिमको फिल्म हो ?
वास्तवमा यो फिल्मको नामले नै थाहा हुन्छ कि यो सामाजिक सन्देश दिने र
समाजमा भएका अपराधलाई निर्मुल पार्ने युवतीको कथा हो । धर्मग्रन्थ अनुसार
कालीले राक्षसलाई दमन गर्छिन, तर मेरो ‘काली’मा उसले अपराधीलाई दहन गर्छिन्
। अहिले पनि समाजमा चाहे महिलामा होस् वा पुरुषमा होस् राक्षसी र अपराधी
प्रवृत्ति हावी भईरहेको छ । त्यस्तो वर्गलाई परास्त गर्न त्यो नारी सोझी र
नकराउने भए पनि रिसाएपछि त्यसले उग्र रूप लिन्छ भन्ने कुरा यसमा देखाइएको छ
। समाजमा अहिले पनि महिलाहरु ठूलो स्वरले बोले भने पोथी बासेको कुरा
गर्छन । तर यथार्थ त्यो होईन । त्यो पोथी बासेको भन्ने कुरालाई मेट्न
कालीले समाजमा विभिन्न बहरुपी मान्छे (भ्रष्टाचार, पेशामा गद्धारी)लगायतका
अन्य विसंगतिपूर्ण काम गर्नेलाई तह लगाउँदै निमिट्यान्न पार्न कलियुगको
महिला अझै पनि सक्रिय छन् भन्ने कुरा कालीले देखाएको छ ।
पहिलोपटक आफै प्रत्यक्ष रुपमा फिल्म निर्माणमा लाग्दाको अनुभव कस्तो रहयो ?
वास्तवमा म पहिलोपटक निर्मात्री भएको होईन् । मेरो व्यानर रेखा फिल्मस्ले
यसअघि विभिन्न चर्चित फिल्म बनायो । तर दर्शकले मलाई फिल्ममा नायिकाको
रूपमा देख्ने भएकाले म निर्माता होईन कि भन्ने दोधार थियो । तर सत्यता त्यो
होईन् । म फिल्मको फ्रण्टमा देखिए पनि भित्री काममा विगतदेखि ने संलग्न
थिएँ । जहाँसम्म ‘काली’ को कुरा छ, यो फिल्म बनाउँदा मैले सबैको सहयोग पाए ।
असारमाझ सुटिङ गरिएपनि काली माताको सहयोगले केही असर गरेन । फिल्मको
सुटिङमा जहीँ जाँदा पनि दर्शकले फिल्मको प्रतिक्षा गरिरहेको र कालीकै चर्चा
गरिरहेको पाएँ ।
नायिका र निमात्री बन्न कुन सजिलो रहेछ ?
निश्चय नै नायिका बन्न नै सजिलो लाग्यो । नायिका बन्दा आफ्नो काम ग¥यो अनि
आफ्नो ठाउँ तिर लाग्यो । म नायिका भएपनि आफ्नो तर्फबाट सबै जिम्मेवारी
पुरा गरेको छु । निर्मात्रीको रूपमा फिल्ममा पनि उत्तिकै सक्रिय छु ।
गोजीबाट फिल्मका लागि पैसा गईरहे पनि काम गर्न निकै चुनौतिपूर्ण हुनेरहेछ ।
कलाकारिताको अनुभवलाई हेर्दा तपाई आफै निर्देशक बन्न सक्नुहुन्थ्यो नि ?
मलाई फिल्म निर्देशन गर्ने इच्छा त छ, तर इच्छा भएर पनि मसँग समय छैन । तर
निकट भविष्यमा नै मलाई दर्शकले फिल्म निर्देशकका रूपमा देख्न पाउनेछन् ।
फिल्म निर्देशन गर्दा स्क्रिप्टमा बस्नुपर्छ । हरेक काम गर्दा समय
छुट्याउनुपर्छ । आफ्ना सबै योजना पुरा गरेपछि फिल्म निर्देशन गर्छु भन्दा
पनि सकिँदैन किनकी उमेर पनि गईसकेको हुन्छ । यो अवस्थामा मलाई लाग्छ अब
केही वर्ष भित्रै म आफ्नो योजनालाई पुरा गरेर फिल्म निर्देशनतिर आउछु ।
नेपाली फिल्मलाई नजिकबाट कसरी नियालीरहनुभएको छ ?
वास्तवमा फिल्मको अवस्था बिग्रेको देख्दा दुःख लागेको छ । फिल्म बनाउन
भन्दा पनि त्यसको अनुभव लिने काम गर्दा बजार बिग्रियो । एउटा फिल्म बनाएर
निर्देशक, निर्माताको अनुभव लिने चलनले गर्दा फिल्मको गुणस्तरदेखि त्यसको
व्यापार नै बिग्रिन थाल्यो । नेपाली मन र मस्तिष्कले हेर्ने तथा
मनोरञ्जनपूर्ण फिल्म बनाउने तिर कसैको ध्यान गएाके छैन । यस्ता फिल्म बन्न
सक्यो भने बिग्रिएको बजारलाई पनि विस्थापित गर्दै राम्रो र सबल किसिमको
बजार बन्न मद्धत गर्छ । १०–१५ लाखमा फिल्म बनाउने चलनले गर्दा पनि फिल्म
बिग्रिदै गएको छ । तर म के कुरामा खुशी छु भने नेपाली दर्शक चलाख छन्,
फिल्मको व्यानर, समूह र फिल्मको ब्राण्डलाई देखेर उहाँहरू फिल्म हेर्न
आउनुहुनेछ ।
प्रसंग बदलौं, वैवाहिक सम्बन्ध टुटेपछिको जीवन कसरी चलिरहेको छ ?
मेरो जिवन अत्यन्त राम्रो किसिमले चलिरहेको छ । हाम्रो समाजमा विवाहित
महिला एक्लिएपछि निराश र दुःखी हुन्छ भन्ने सोच कायमै छ । तर अहिलेको
आधुनिक युगमा चेतनायुक्त मान्छे र आधुनिक शैलीको प्रयोगले सबै बौद्धिक
बनेका छन् । सन्तानहरू त आमाबाबुसँग मन नमल्दिा एक्लै बस्न सक्छन् भने,
मेरो वैवाहिक सम्बन्ध टुट्दा मलाई खासै के नै फरक पर्छ र ।
छवि(ओझा) दाईलाई कत्तिको मिस गर्नुहुन्छ ?
ड्याडी(रेखा पूर्वपति छवि ओझालाई ड्याडी भनेर सम्बोधन गर्छिन) लाई खासै
मिस गर्दिन । उहाँसँग मेरो व्यावसायिक सम्बन्ध कायमै छ । त्यसकारण कामको
सिलसिलामा सम्पर्क पनि भईरहन्छ । त्यसकारण मिस गर्ने वातारण बनेको छैन ।
तपाईहरुबीचको सम्बन्ध पुनः जोडिने सम्भावना छ कि छैन ?
त्यो हाम्रा लागि असम्भव कुरा हो । मलाई लाग्छ अब यो कुरामा मेरो मन फर्किदैन ।
कहिलेकाँही हामीले गल्ती ग¥यौं भन्ने लाग्दैन ?
एउटा कुरा के हो भने मान्छेले सोचेर र बुझेर जे निर्णय गर्छ, त्यो राम्रै
लागि गरेको हुन्छ । म ज्योतिषमा अत्यन्त विश्वास राख्छु । मान्छेको भाग्य
भनेको उसको लेखान्तमा हो । भगवानले उसका लागि जे लेखिदिएको हुन्छ, त्यही नै
हुने हो । त्यसकारण गल्ती गरे या गरिन भन्ने कुराको कुनै अर्थ रहन्न ।
फिल्ममा तपाईले देख्न चाहेको परिवर्तन के हो ?
मलाई लाग्छ अहिले फिल्ममा जे भईरहेको छ, त्यो राम्रो भईरहेको छ । तर
समस्या के भने चाहिने भन्दा बढी फिल्म बनेर यसको बजार बिग्रिएको हो । पहिला
हामीले नेपालमै रहेका मान्छेले कतिले फिल्म हेर्छ भन्ने कुराको लेखाजोखा
गरौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका दर्शकका लागि फिल्म बनाइएको
हो भन्छन्, तर नेपाली दर्शकको मन नजित्नेले अन्तराष्ट्रिय दर्शकको मन कसरी
जित्ला भन्ने कुरामा हाँसो लाग्छ ।
भद्रकालीदेखि पेरिसडाँडासम्म आईपुग्दा राजनीतिक रुपमा निकै चर्चित हुनुभयो नि ?
म पहिल्यैदेखि चर्चित भएकी हुँ । नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेदेखि
नै मैले आफ्नो पहिचान बनाउँदै लगें । तर चर्चा र प्रसिद्धि पाउनकै लागि म
राजनीतिमा छिरेको भने होईन् । म राजनीतिमा केह ीगर्न सक्छु भन्ने आँट ममा छ
। त्यसमा कसरी के गर्ने भन्ने कुराको टुंगो त भविष्यले नै निर्धारण गर्छ
।
कलाकारलाई राष्ट्रका गहना भनिन्छ, तर तिनै कलाकार पार्टीमा प्रवेश गर्दा नराम्रो सन्देश जाँदैन र ?
मलाई सबैले भन्छन् र म उनीहरूलाई कलाकार पार्टीमा प्रवेश गर्दा नराम्रो
सन्देश कसरी जान्छ भन्ने प्रश्न गर्छु । बलिउड हलिउडको उदाहरण हेर्ने हो
भने त्यहाँ व्यावसायिक रूपमै कलाकारितामा सक्रिय व्यक्तिहरुलाई राजनीतिक
दलले सम्मानित स्थानमा पु¥याएका छन् । उनीहरूलाई आफ्नो पार्टीमा आबद्ध
गराइरहेका छन् । मेरो विचारमा कलाकार शो केस भित्र रहनुपर्छ भन्ने छैन ।
हामी पनि देशको नागरिक हौ, हामी पनि सामान्य जनता हौं, हामीसँग पनि
मताधिकार छ । यति हुँदाहुँदै पनि जनतामा आफुलाई मनपर्ने पार्टीप्रति विचार
हुनुपर्छ । कुनै न कुनै पेशामा प्रत्यक्ष रुपमा मानिस आबद्ध भएपनि उनीहरूको
वैचारिकता कुनै न कुनै पार्टीसँगै मिलेकै हुन्छ ।
प्रस्तुति : नेमिष गौतम
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.