पछिल्ला सामग्री :
महाधिवेशनअनुसार काम गर्न सकिएन : प्रचण्ड

काठमाडौं/ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेटौंडा महाधिवेशनपछि पार्टीको कार्यशैली र सांगठनिक अवस्था सुधार गर्न नसकिएको स्वीकार गर्नुभएको छ ।

पार्टीभित्र एकता कायम गर्न नसक्दा संगठन सुधारका लागि विस्तारित बैठकसम्म आउनुपरेको उहाँको प्रष्टीकरण छ । पदीय भागबन्डामा देखिएको विवाद मिलाउन आजदेखि राजधानीमा सुरु भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हेटौंडा महाधिवेशनले जनतामा विश्वास जगाए पनि पार्टीको सांगठनिक बिबाद भने हल गर्न नसकेको बताउनुभयो ।

तर, उहाँले पार्टीलाई  एकताबद्ध गर्ने ताकत आफूहरूसँग अझै रहेको दाबी गर्नुभयो । पार्टीभित्र विवाद सिर्जना गर्ने नभइ एकताबद्ध भएर निर्वाचनको तयारीमा जुट््नु पर्नेमा प्रचण्डको जोड छ ।

पदका लागि विवाद गरेर बस्ने बेला नभएको उहाँले बताउनुभयो । संविधानसभाको चुनाव तोकिएको मितिमा नहोस भन्न प्रतिगामीहरूले षड्यन्त्र गरिरहेको प्रचण्डको भनाइ थियो । उहाँले १२ बँुदे समझदारीका सहयात्रीहरू पुन: एकपटक एकताबद्ध हुनुपर्ने समय आएको धारण राख्नुभयो ।

विस्तारीत बैठकलाई सम्बोधन गर्दै नेता बाबुराम भट्टराईले आफ्नो पदत्याग समस्या नभएर समाधानको बाटो भएको जिकिर गर्नुभयो । उहाँले पार्टीलाई समस्यामा पर्ने नियतले राजिनामा नदिएको पनि दाबी गर्नुभयो ।

भट्टराईले क्रान्तिकारीहरू त्याग र बलिदानको लागि पनि तयार हुनु पर्छ भन्ने सन्देश दिन मात्रै राजीनामा गरेको प्रष्टिकारण दिनुभयो । उहाले पार्टी दुनियालार्य चकित बनाउँदै एकता कायम गरेर बाहिर आउँने दाबी गर्नुभयो ।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी बुर्जुवा बन्ने खतरा बढ्दै गएको बताउनुभयो । हेटौंडा महाधिवेशनपछि पार्टीमा कार्यदिशा र संगठनात्मक आचरणबीच अन्तरविरोध भएको उहाँको भनाइ छ । विवादका बाबुजुद पनि पार्टी एकताबद्ध हुनुको बिकल्प नभएको श्रेष्ठले बताउनुभयो ।

आजबाट ललितपुरको खन्ना गार्मेन्टमा सुरु भएको एकिकृत माओवादीको विस्तारीत बैठकले पदीय भागबण्डाका विषयमा देखिएको विवाद हल गर्ने बताइएको छ । बैठकमा अध्यक्ष प्रचण्डले विवाद  समाधानको उपायसहितको प्रतिवेदन पेश गर्नुभएको छ ।

अध्यक्षबाहेक अरू पादाधिकारी नराख्ने र अरु सबैलाई केन्द्रीय सदस्य बनाउने प्रस्तावसहितको प्रतिवेदन उहाले पेश गर्नुभएको हो । प्रतिवेदनमाथिको छलफल आजैबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने बैठकमा पदाधिकारीसहित केन्द्रीय सदस्य, सल्लाहकार तथा जनवर्गीय संगठनकाल पदाधिकारीसहित करिब पाँच सयजनाको सहभागिता रहेको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.