नियुक्ति रोक्न आदेश
काठमाडौं/ सर्वोच्च अदालतले सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया तत्काल अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
अदालतले अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै प्रक्रिया १३ साउनसम्मका लागि यथास्थितिमा राख्न आदेश गरेको हो । न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले नियुक्ति प्रक्रिया तत्काल अघि नबढाउन आदेश जारी गरेको हो ।
अदालतले अन्तरकालीन आदेशलाई निरन्तरता दिने/नदिनेबारे १३ साउनमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । आदेशलाई अदालतले निरन्तरता दिए प्रबन्ध निर्देशकको नियुक्ति प्रक्रिया रोकिनेछ ।
वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशकको पदपूर्ति गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच दिनको समयसीमा तोकी २६ असारमा सूचना प्रकाशित गरेको थियो । तर, सूचना प्रचलित संवैधानिक व्यवस्था तथा स्वास्थ्य तथा जनसंख्या विकास समिति ऐनविपरीत भएको भन्दै रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.