पछिल्ला सामग्री :
मागेर गुजारा चलाउँछन् अपांग चेपाङ

चितवन/ भण्डारा–५ चौकीडाँडाँका ४१ वर्षीय कृष्णबहादुर चेपाङले अपाङगता र आर्थिक विपन्नताका कारण मागेर गुजरा गर्दै आएका छन् ।

धादिङ र चितवनको सिमानामा विकट पहाडी गाउँ कान्द्राङगढीवाट १८ वर्षअधि बसाई सरेर भण्डारा झरेका कृष्णबहादुरको जमिनको नाममा १५ घुर ऐलानी जग्गा छ । त्यसैमा छ उनको राम झुपडी । मुश्किलले टाउको लुकाउन मिल्ने झुपडीभित्र उनीसहित श्रीमति र २ छोराछोरी गरि ४ जनाको बास छ ।

एक वर्ष अधिवसम्म हट्टाकट्टा कृष्ण बहादुरलाई बिहान बेलुकाको छाक टार्न केही समस्या थिएन । बलियाबाङ्गा थिए मजदुरी काम प्रसस्तै पाउथे ज्याला मजदुरीको कमाईले उनको घर राम्रै संग चलेको थियो । उनको जिवनमा त्यतीवेला ग्रहणलाग्यो जतिवेला दुर्घटनामा परेर दाया खुट्टा भाचियो र टाउको फुटनुको साथै एउटा आखाको ज्योति पनि गुम्यो ।

भारतीय नम्वर प्लेटको ग्यास ट्याङकरले भण्डारामा मजदुरी गर्न हिडेको वेला उनलाई ठक्कर दियो । त्यस पछि वेहोस भई ढलेका उनलाई स्थानीयको सहयोगमा उपचारको लागि काठमाडौं लगियो । आफनो भन्ने कोही नहुदा ट्याङर वलाले पनि अधकल्चो उपचार गरेर काठमाडौंवाट भागेपछि आर्थिक अभावका कारण उनको वाँकी उपचार सम्भव भएन ।

त्यसपछि आफूलाई मागेर परिवार पाल्नुको विकल्प नभएको मलिलो अनुहार लगाउदै कृष्ण बहादुरले बताए । अत्पदृष्टि भएका उनले मागी हिड्दा बाटो काट्ने सहाराको निम्ती स्कुलजाने उमेरकी ५ बर्षिय छोरी साउनी मायालाई संगै लिएर हिड्छन ।

अशिक्षाका कारण उनले अहिले सम्म सरकारले दिने अपाङगता परिचयपत्र पनि पाउन सकेका छैनन । अतिसिमान्कृत समुदायमा पर्ने चेपाङ समुदायको नेपाल अधिराज्यभरिको जनसंख्या ८० हजारको हाराहारीमा रहेको छ भने चितवनमा मात्रै ३० हजार भन्दा बढि रहेको छ । अपाङगता भएका चेपाङहरूको संख्या कति छ हाल सम्म सरकारी तथ्याङकमा पनि कुनै लेखा जोखा छैन ।

चेपाङ जातीहरू विषेश गरी परापूर्वकाल देखि भिर पखेरामा बसोवास गर्दै आएको हुनाले भिर या रुखवाट लडने साथै गरिबीका कारण यथेस्ट तत्ता कपडा नहँदा जाडोवाट बच्न आगाृको भरपर्नुपर्ने हुन्छ । त्यसैले वालवालिकाहरू आगोमा परि अंगभङग हुने र ज्यानैसम्म जाने खतरा अझैसम्म पनि रहेको चेपाङ अभियान्ता केपिकीरण शर्माले बताउनुभयो ।
nepalbani
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.