पछिल्ला सामग्री :
नेपालमा बाघको संख्या बढ्यो

काठमाडौं/ नेपालमा बाघको संख्या १९८ पुगेको छ । पछिल्लो चार वर्षमा नेपालमा बाघको संख्या ७७ वटाले बढेको सरकारी तथ्यांक छ ।

अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषमा सोमबार बाघ गणना सार्वजनिक गर्दै सरकारले नेपालमा बाघको संख्या वृद्धि सन्तोषजनक रहेको जनाएको हो । गणना सार्वजनिक गर्दै वन तथा भू–संरक्षणमन्त्री टेकबहादुर थापा घर्तीले संरक्षण अभियानले उत्साहित तुल्याएको बताए ।

नेपालमा पहिलोपटक सन् २००९ मा गरिएको गणनामा बाघको संख्या एक सय २१ थियो । तथ्यांकअनुसार पर्सा वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र तथा आसपासका वनमा सातवटा, चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासमा एक सय २०, बाँकेमा राष्ट्रिय निकुञ्ज तथा आसपासमा चार, बर्दिया राष्ट्रिय निकुञ्ज तथा आसपासमा ५० तथा शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा आसपासमा १७ वटा बाघ भेटिएको छ ।

सशस्त्र द्वन्द्वका वेला बाघको संख्या निकै कम भए पनि द्वन्द्व अन्त्य भएपछि वन क्षेत्र घना भएको र बाघको संख्या पनि बढेको तथ्यांकमा उल्लेख छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजकत्वमा वन विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र डब्लुडब्लुएफ नेपालले २३ माघ ०६९ देखि २२ जेठ ०७० सम्म नेपालमा बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षण भएको थियो । नेपालले हरेक चार वर्षमा बाघ गणना गर्ने नीति लिएको छ ।
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.