पछिल्ला सामग्री :
नेपालको लक्ष्य उपाधि

काठमाडौं/ नेपालले दोस्रो यू–१६ साफ च्याम्पियनसिपको उपाधिका लागि मंगलबार भारतसँग प्रतिस्पर्धा गर्दै छ । फाइनलअघि नेपाली टोलीसामु दुई ठूला अवसर छन् ।

पहिलो भारतलाई पराजित गर्दै अघिल्लो संस्करणको सेमिफाइनलमा बेहोरेको पराजयको बदला लिने । दोस्रो यू–१६ साफ च्याम्पियनसिपको पहिलो उपाधि चुम्ने ।

यो उपलब्धि सदुपयोग गर्न सकेको अवस्थामा नेपालले फुटबलमा समग्रमा २० वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि चुम्ने छ । नेपाली सिनियर राष्ट्रिय टोलीले सन् १९९३ मा बंगलादेशमा छैटौँ दक्षिण एसियाली खेलकुद (साफ)मा भारतलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि चुमेको थियो । त्यसयता नेपाली फुटबलले कुनै पनि अन्तर्राष्ट्रिय उपाधि भित्र्याउन सकेको छैन ।

सन् १९९९ मा नेपाल काठमाडौंमै भएको आठौँ साग खेलकुदको फाइनलमा पुग्यो, तर बंगलादेशसँग पराजित हुँदै उप–विजेतामै सीमित भयो । १४ वर्षको अवधिमा कुनै पनि नेपाली पुरुष फुटबल टोलीले फाइनल यात्रा तय गर्न सकेनन् । त्यसैले झन्डै डेढ दशकपछिको पहिलो फाइनल खेल्न लागेको नेपाली युवा टोलीले सशक्त प्रदर्शनको तयारी गरेको छ ।

सेमिफाइनलमा नेपालले बंगलादेशलाई ५–१ को भारी अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । भारतले अफगानिस्तानलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.