धनकुटा कारागारमा तनाव
धनकुटा / सरुवाको बिषयलाई लिएर कैदीबन्दीहरुले प्रदर्सन गरेपछि
सोमबार साँझ जिल्ला कारागार धनकुटामा तनाव भएको छ ।
कैदीबन्दीलाई सरुवा गर्न लागिएको बिरोधमा उनिहरुले कारागार भित्रै नाराबाजी गरेपछि कारागारमा तनाब भएको हो । कैदी बन्दीहरुलाई ठाउँ सार्न लागिएको भन्ने जानकारी पाएपछि उनिहरुले बिरोध जनाएको बुझिएको छ । कैदीबन्दीको प्रदर्सनका कारण कारागार भित्र तनाब बढेपछि प्रहरीले केही कैदी बन्दीलाई सोही कारागारको अर्को कोठामा सारेको छ ।
ठाउँ सार्ने क्रममा कैदीहरु भाग्न सक्ने सम्भावनालाई मध्य नजर गर्दे प्रहरीले कारागार वरीपरी घेराहाली कैदीलाई ठाउँ सारेको थियो । कैदीहरु बिच आपसमा झगडा हुनसक्ने सम्भावनालाई ध्यान दिएर करिव आधा दर्जन कैदीलाई अकै कोठामा सारिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक बासुदेव चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार ठाउँ सार्न लागिएको बिषयलाई लिएर केही कैदीबन्दीहरुले चैकीदारलाई धम्की दिएपछि कारागारमा तनाबको स्थिती सृजना भएको हो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.