पछिल्ला सामग्री :
खुला धनुषवाण सुरु

काठमाडौं/ थासाङ स्पोर्टस् क्लबको आयोजनामा सोमबारदेखि दोस्रो खुला धनुषवाण प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन व्यक्तिगत स्पर्धामा मगर समाजका असुन पाइजा तीन अंकसाथ शीर्ष स्थानमा छन् । छन्त्याल संघका बलबहादुर छन्त्याल दुई अंकसहित दोस्रोमा छन् ।

थकाली समाजका कृष्ण शेरचन (बेताव), मगर समाजका तालबहादुर गर्बुजा र सुवास गर्बुजा तथा छन्त्याल संघका मोहन छन्त्याल र चित्र छन्त्यालले एक–एक अंक जोडेका छन् । प्रतियोगिताको निर्माण व्यवसायी संघका अध्यक्ष जयराम लामिछाने र थासाङका अध्यक्ष गुप्त शेरचनले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

साउन १८ गतेसम्म चल्ने प्रतियोगिताको अन्तिम दिन टिम इभेन्टको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १२ टिम सहभागी छन् ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.