पछिल्ला सामग्री :
मूल्यांकन प्रतिवेदनमा सुर्खेत प्रथम

सुर्खेत / वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले निकालेको आर्थिक वर्ष ०६९/७० को वार्षिक मूल्यांकन प्रतिवेदनमा सुर्खेत प्रथम भएको छ ।

विभागका अनुसार मुल्यांकनमा देशभरका ७५ वटै जिल्ला सहभागी थिए । आर्थिक वर्ष ०६९/७० मा सुर्खेत जिल्लाले चार सय ५८ पटक बजार अनुगमन गरी प्रथम भएको छ । जिल्लागत अनुगमनमा तीन सय १५ पटक अनुगमन गरेर कास्की दोस्रो र दुई सय ६० पटक अनुगमन गरेर धनुषा तेस्रो भएका छन् ।

विभागीय अनुगमनमा भने काठमाडौं जिल्ला प्रथम भएको छ । विभागले उपभोक्ता सचेतना तथा ंबजार अनुगमनलाई प्रभावकारी बनाउन यस्तो मूल्यांकन गर्दै आएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल मर्हजनले सुर्खेत जिल्ला प्रशासन कार्यालयले स्थानीय नागरिक समाज, सञ्चारमाध्यम र राष्ट्रिय उपभोक्ता मञ्चसंग समन्वय गरेर उत्कृष्ट रुपमा बजार अनुगमन तथा उपभोक्ता सचेतीकरणको काम गरेको बताउनुभयो ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.