पछिल्ला सामग्री :
युवा प्रतिभा सम्मानका लागि नाम छनोट

काठमाडौं/ युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मानको लागि छनोट भएका व्यक्ति तथा संस्थाहरुको नाम सार्वजनिक गरेको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर साउन २८ गते आठ व्यक्ति तथा दुईवटा संस्थालाई सम्मान गर्ने भएको हो । 
मन्त्रालयले साहित्य सृजनातर्फ योगदान गरे बापत साहित्यकार झमक घिमिरे, सामाजिक सेवातर्फ चितवनकी राधा पौडेल, पर्यटन प्रर्बद्धनतर्फ सर्लाहीका सन्जोग आचार्य, कृषितर्फ चितवनका बेदप्रसाद सापकोटालाई सम्मान गर्ने भएको हो  । 

यस्तै चारजना खेलाडी पनि सम्मानित हुने भएका युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । जसअन्र्तगत क्रिकेटका पारस खड्का, कराँतेका सुनील लामा, उसुकी चाहना बम्जन लामा र फुटबलकी जमुना गुरुङले ‘खेलकुद प्रतिभा पुरस्कार २०७०’ पाउने भएका छन् । 
यसैगरी उत्कृष्ट यस वर्ष उत्कृष्ट ठहरिएको नेपाल भलिबल संघ र राष्ट्रिय युवा सेवा कोषले पनि पुरस्कार पाउनेछन् ।
- ओएनएसबाट
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.